रिदम लाइभ कन्सर्ट आयोजकले पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम अगष्ट २६ मा गर्ने !

 

धादिङ र काभ्रे जिल्लाको विकट क्षेत्रमा एम्बुलेन्स सेवा सहयोगार्थ यहि आउँदो सेप्टेम्बर 24 तारिख कोरियाली महान चाड छुसकको दोस्रो दिन काभ्रे सम्पर्क समिती र धादिङ समाज कोरियाको सँयुक्त आयोजनामा हुन लागिरहेको रिदम लाईभ कन्सर्ट एन्ड साँगितिक धमाकाको बारेमा बिस्तृत जानकारी गराउन र कोरियामा रहेका सम्पुर्ण पत्रकारजनहरु र बुद्धिजिबि बर्गको उपस्थितिमा कार्यक्रमको लक्ष्य र उदेश्य प्रष्ट पार्नको लागि आउँदो आइतबार अगस्त २६ तारीख सियोल स्थित नेपाल हाउसमा दिनको १२ बजे पत्रकार सम्मेलन अयोजना हुन लागेको हो ।

नेपालका चर्चित गायक दिपक बझ्राचार्य र रिदम ब्यान्डको साथै चर्चित मोडेल तथा डान्सर अञ्जली अधिकारी, नव उदयमान गायिका पुर्णिमा लामा,चर्चित मोडेल तथा कलाकार रक्षा श्रेष्ठ, चर्चित कमेडियन राजा राजेन्द्र पोखरेल अनि चर्चित दोहोरी गायिका बबिता बानिँया जेरिको साथै स्थानिय कलाकार हरुको YES 24 LIVE HALL(सलनाल मा बिपुल क्षेत्री को कन्सर्ट भएको हल) मा बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघ संघ संस्थाका प्रतिनिधी, सम्पूर्ण पत्रकारजन र कार्यक्रमको मिडिया पार्टनर हरुलाई बिशेस उपस्थितिको लागि पनि कार्यक्रम आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up