तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ (3rd GUNSAN NEPAL CUP FOOTBALL TOURNAMENT-2018) को टिम दर्ता आह्वान सम्बन्धी सूचना ।।।

तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ (3rd GUNSAN NEPAL CUP FOOTBALL TOURNAMENT-2018) को टिम दर्ता आह्वान सम्बन्धी सूचना ।।।

 

दक्षिण कोरियामा रहेका विविध नेपाली संघ- संस्थाहरू माझ पृथक पहिचानका साथ परिचित, गुनसान नेपाली समाजले सर्वप्रथमत: सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता सभ्य एवम् भव्य रुपमा आयोजना गरि सफलतापुर्वक सम्पन्न गर्न सकेको इतिहास सर्वविदितै छ । गुनसान नेपाली समाजले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि कोरियाली महान चाँड छुसकको अवसरमा दक्षिण कोरियामा विविध पेसा-व्यवसायमा आबद्ध रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व र एकता विकास गर्ने उद्देश्यका साथ तेस्रो गुनसान नेपाल कप फुटबल प्रतियोगिता – २०१८ आयोजना गर्ने कुरा सहर्ष जानकारी गराएको छ। विदेशी भुमिमा व्यस्तताका बाबजुद पनि फुटबललाई माया गरी खेल-विकासमा योगदान पुर्याउनुहुने खेलप्रेमी खेलाडी साथीहरूको भावनालाई उच्च कदर गर्दै आयोजना गरिने फुटबल प्रतियोगिता छुसकको पहिलो दिन 2018 September 23rd तारिखका दिन दक्षिण कोरियाको जेओल्लबुकदो, गुनसनसी स्थित ओसिक्दो दोङ्गको २ वटा खेलमैदानमा खेल संच्चालन हुने कुरा अवगत गराएको छ।।.

प्रतियोगिताको बिजेता टोलीलाई (WINNER) ३० लाख कोरियन वोन तथा उप-बिजेतालाई (RUNNER-UP) १५ लाख कोरियन वोन साथै ट्रफी,मेडल र प्रमाण-पत्र प्रदान गरिने छ ! प्रतियोगितामा उत्कृस्ट खेलाडी (BEST PLAYER) , सर्बाधिक गोलकर्ता (HIGH SCORER), उत्कृस्ट गोलरछक(BEST GOAL KEEPER) लाई ट्रफी, मेडल र प्रमाण-पत्र द्वारा सम्मान गरिनुका साथै प्रत्येक खेलबाट पनि MAN OF THE MATCH बन्ने खेलाडीलाई मेडल तथा प्रमाण-पत्र द्वारा सम्मान गरिने कुरा पनि जानकारी दिएको छ हाम्रो सम्बदाता लाई दिएको छ। तेस्तै अनुसासित टोलि (FAIR PLAY TEAM) तथा उत्कृस्ट व्यवस्थापकलाई पनि सम्मान गरिने जानकारी !गराएको छ।। साथै प्रतियोगितामा आउनुहुने सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभावहरुलाई गुनसन नेपाली समाजको तर्फ बाट नेपाली खानाको निसुल्क व्यवस्था गरिएको पनि जानकारी दिनु भएको छ।!

प्रतियोगितामा सहभागी हुन चाहनुहुने फुटबल टिम तथा सस्थाहरुले निम्न मिति भित्र टिम दर्ता गरि सहयोग गरिदिनुहुन दक्षिण कोरियामा स्थापित फुटबल क्लबहरु तथा सम्पूर्ण सस्थाहरुलाई हर्धिक अनुरोध गरेक पनि छ !
Entry Date – 25th august 2018 to 15th September 2015
Match Draw date – 16th September 2018

टिम दर्ता सथौ अन्य बिस्तृत विवरणको लागि तपसिलका व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने कुरापनि अवगत गराउनु भएको छ।।।.

१. अमित योङहाङ लिम्बू (अध्यक्ष) – 010-58082127
२. पदम धामी ‘पाइला’ (सचिव) – 010-55126256
३. नबिन थापा (Entry Enquiry) – 010-76141466
४. संजिव श्रेष्ठ – 010-79303051

गुनसन नेपाली समाज
दक्षिण कोरिया

यी समाचार पनि पढ्नुहोस्
Scroll Up