सत्तारुढ दुई दलबीच सहमति, फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन

काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच सहमति जुटेपछि फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने भएका छन् । प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन मानिने प्रावधान थप गर्ने सत्तारुढ दुई दलले तयारी गरेका छन् । यसअघि, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोग लागे सांसदका रुपमा कुनै काम गर्न नपाउने तर निलम्बन भने नहुने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा पेश गरिएको थियो ।

आजको प्रतिनिधिसभा बैठकमा नियमावलीको मस्यौदामाथि छलफल गरि पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । एमाले र माओवादीबिच सहमति भएकाले फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधान रहेको नियमावलीको संशोधन प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ ।

प्रतिनिधिसभामा एमाले र माओवादी मिलेपछि बहुमत पुग्छ । बहुमतबाट नियमावली पारित गर्न १ सय ३८ सांसद भएपछि पुग्नेमा दुवै दलका गरि १ सय ७४ जना सांसद छन् । यस्तै एमाले र माओवादी केन्द्रबीच सहमति भएकाले संसदीय समिति १० वटा नै बन्ने पनि लगभग टुंगो लागेको छ । – साभार:न्युज २४ बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up