अत्यधिक पीडा दिने सायटिका

के हो सायटिका ?
सायटिका आफैँमा रोग होइन । यो त हाम्रो शरीरमा भएको एउटा लामो नाडी हो । जुन कम्मरको सेक्रम भटेब्राको बीचबाट मलद्वार हुँदै खुट्टासम्म फैलिएको हुन्छ । यस नाडीका तन्तु जब कुनै कारणवश च्यापिन्छ, त्यसवेला व्यक्तिलाई असह्य पीडा महसुस हुन थाल्छ । यस्तो समस्या भएमा कम्मरबाट दुख्न सुरु भएर तिघ्रा र पिडौँला हुँदै खुट्टाका औँलासम्म पुग्छ । यसको समयमै उपचार नगरेमा मानिस हिँड्नै नसक्ने अवस्थामा पुग्छ । यतिसम्म कि उठ–बस गर्नसमेत सक्दैन । अलिकति शरीर हल्याउँदासमेत शरीरमा करेन्ट लागेजस्तो भान हुन्छ र असह्य पीडा हुन थाल्छ । यसरी हिपदेखि पैतालासम्मको नसाको अत्यधिक दुखाइलाई नै मेडिकल भाषामा ‘सायटिका पेन’ भनिन्छ ।

कारण
सायटिकाको समस्याका थुप्रै कारण हुन सक्छन् । जस्तो कि चिसो लाग्नु, कब्जियत हुनु, कहिलेकाहीँ नसा सुन्निनु (न्युराइटिस) आदि । यसको मुख्य कारण भनेकोचाहिँ अव्यवस्थित जीवनशैली हो ।मेरुदण्डमा भएको हाडको नसामा तनाव उत्पन्न भएपछि दुई प्रकारले यसको अवस्था सिर्जना हुन्छ ।

डिस्क हर्निएसन पनि यसको प्रमुख कारण हो । यसलाई सामान्य बोलचालको भाषामा ‘स्लिप डिस्क’ पनि भनिन्छ । यसकै कारण पनि सायटिकाको दुखाइ सुरु हुन्छ ।

स्पाइनल स्टेनोसिसको समस्याले पनि सायटिका हुन सक्छ । अर्थात् चोटपटक लाग्दा, पिठ्युँमा बढी भारी बोक्नाले यस्तो समस्या उत्पन्न हुन थाल्छ ।

यसबाहेक लामो समयसम्म पैदलयात्रा, साइक्लिङ गर्दा, मोटरसाइकल वा स्कुटरमा लङ ड्राइभ गर्दा पनि यस्तो नसामा दबाब सिर्जना हुन जान्छ ।

लामो समयसम्म उभिइरहँदा वा कुर्सीमा बसिरहँदा पनि नसामा असर पर्न जान्छ र यस्तो समस्याले
आक्रमण गर्छ ।

हाडको बाथका कारण पनि सायटिकाको समस्या हुन्छ । बढ्दो उमेरका कारण पनि यस्तो
समस्या हुन्छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up