सुनिता थेगिम र एकान्त आङ्देम्बेको ए सानू बजारमा

रिलिज गायक एकान्त आङ्देम्बे र सुनिता थेगीमको “ए सानु…… ” बोलको गीत रिलिज भएको छ।

यस गीतमा उत्तम खजुमको शब्द रहेको छ भने टेकेन्द्र यक्सोले संगीत संयोजन गरेका छन्। उत्तम खजुमको अदम्य एल्बममा समावेश यो गीतलाई हिजो मेरो अनलाइन टिभिको युट्युब च्यानलबाट रिलिज गरिएको हो।

गीतको अफिसियल भिडियोलाई सुलभ घिमिरेले छायांकन र सम्पादन गरेका छन्। सिडिएम म्युजिक कृएसनको प्रस्तुतिमा रहेको खजुमको अदम्य एल्बमबाट स्वरुपराज आचार्य,प्रमोद खरेल र मेलिना राइको स्वर रहेको तीन ओटा गीत बजारमा आइसकेको छ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up