राष्ट्रपति भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर

फाइल तस्बिर

सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी दायर गरिएको रिट निवदन आज दर्ता गरिएको छ ।अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनुपर्ने मागसहितको रिट निवेदनमाथि न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा मंगलबार सुनुवाइपछि दर्ता गर्न आदेश भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश पराजुलीको उमेरहद २०७४ साउन २१ गते ६५ वर्ष उमेर पुगेका व्यक्तिबाट राष्ट्रपतिले शपथ लिएको हुँदा पुनः शपथ हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।

न्यायाधीश खतिवडाले इजलासले जारी गरेको आदेशमा भनिएको थियो, ‘संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन ।’

-साभार:नया खबर बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up