‘मोटी’ भन्दा आक्रोशित बर्षा, आँखा भरि आँशु

नायिका बर्षा राउत आजकल अलि फुर्सदिली भएकी छिन् । दशैँमा प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ र ‘मेरो पैसा खोई’ पछि उनको कुनै पछि चलचित्र प्रदर्शनमा आएको छैन । केहि समय अघि मात्र उनी चलचित्र ‘यस्तो एउटा प्रेम कहानी’मा अनुबन्धित भएकी छिन् ।

उनै बर्षाको चर्चा चलचित्रसँगै मोटोपनको बिषयलाई लिएर पनि हुने गरेको छ । धेरैले उनलाई मोटो भन्छन् तर उनको अगाडी गएर भन्न भने कसैले पनि सकेका छैनन् । यद्यपी उनको जिउलाई राम्रो छ भन्नेहरुको पनि कमी छैन । उसो त केहि समय अघि उनका एक शुभचिन्तकले अनलाईनखबरमा ‘मेरी गोलुमोलु’ भन्दै एक पत्रसमेत लेखे ।

यस्तैक्रममा बर्षा अहिले आफ्नो जीउ घटाउन लागिपरेकी छिन् । उनी आजकल आफ्नो प्रेमी संजोग कोईरालाको साथमा बिहान बिहान जिम धाउन थालेकी छिन् । यस्तैक्रममा एक मिडियाले उनीहरु जिम गर्न लागेको ठाउँमै पुगेर उनीहरुसँग अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्तामा बर्षालाई चलचित्रको लागि ज्यान घटाउनुभएको हो की अन्य के कारण हो भनी सोधिएको थियो ।

‘मलाई सबैजनाले मोटी मोटी भन्नुहुन्छ तर रियलमा जो अगाडी आउँछ उसले मलाई कहिल्यै पनि भन्दैन की तिमी मोटी छौ भनेर ।’ प्रश्नको उत्तर दिदाँ सुरुमै कडा रुपमा प्रस्तुत भएकी बर्षाले भनिन्, ‘आजकल मान्छेको ट्यालेन्ट भन्दा पनि मान्छेको बडी हेरेर जज गरिने भएकोले त्यसको लागि पनि तयार भईरहेको हो ।’

बर्षाले आक्रोशमा दुःख मिसिएको भावमा बोल्दै थपिन् , ‘चलचित्र उद्योगमा एक्टिङमा भन्दा पनि स्क्रिनमा राम्रो देखिनुपर्ने हुदोँ रैछ । एक्टिङ जस्तोसुकै गरेपनि मतलब हुदैँन, हिरोईन भनेपछि स्क्रिनमा राम्रो देखिन पर्छ रे !’ उनले यति भन्दै गर्दा उनको आँखामा आँशु टिल्पिलिएर झर्नै आँटेको थियो ।

बर्षाले यति भन्दै गर्दा उनको कुरालाई सच्याउदै संजोगले भने, ‘जुनसुकै कामको एउटा धर्म हुन्छ । फिल्म उद्योग भनेको सबैले रहरलाग्दो र आहा भन्ने किसिमको उद्योग हो । जसले पनि पर्दामा हेर्छ त्यस्तो हुन पाउँ भन्ने हुन्छ । नेपाली समाजमा हिरोई भनेपछि चट्ट परेको खोटै लाउने नमिल्ने भन्ने किसिमको धारणामा हामीमा छ । त्यो धारणाको कारणले दर्शकहरुले बर्षालाई कमेन्ट गनुभएको होला ।’ यती भनेर सम्झाउदैँ गर्दा बर्षाले संजोगलाई एकनासले हेरिरहेकी थिईन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up