फुटेका राप्रपा मिलाउन पूर्वराजा ज्ञानेन्द्रको सक्रियता, अदृश्य संरक्षकत्व दिन तयार !

गणतन्त्र घोषणा भएको दशक हुँदा पनि मुलुकमा पूर्वराजाको बेलाबेलामा हुने सक्रियताले तरंग पैदा गर्नेगरेको छ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले पनि धर्म र राजनीतिका विषयमा बेलाबेलामा चासो प्रकट गर्नेगरेको पाइन्छ ।

पूर्वराजा शाहले आइतबार फुटको अवस्थामा रहेका पूर्व पञ्चहरूको पार्र्टी राष्ट्रिय प्रजातन्त्रका तीनवटा घटका दोस्रो तहका नेतालाई झापामा बोलाएर निर्वाचनमा पराजयपछिको अवस्थाको समीक्षा गर्दै एउटै पार्टी बनाउन सुझाव दिएको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

नयाँ पत्रिकाले पहिलो पृष्ठमा थोरै मात्र स्थान दिएको यस समाचारअनुसार पूर्वराजा शाहले कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एराप्रपा (राष्ट्रवादी)का तीन तीन जना नेता भेला गरेर एउटै पार्टी बनाउन सुझाव दिएका छन् ।

झापाको दमकस्थित हिमालय चिया बगानमा भएको छलफलमा राप्रपा पुनर्गठन गरेर एउटै राप्रपा बनाउनुपर्नेमा ज्ञानेन्द्र शाहले जोड दिएका थिए । “म तपाईँहरुका पार्टीको संरक्षक होइन, म राजनीतिमा छैन, राजनीति गर्ने पनि होइन, तर आज तपाइँहरू गुट बनाएर, फुटेर कसैको हित भएन भन्ने प्रमाणित भयो,” पूर्वराजाको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासँग राप्रपाका केन्द्रीय सदस्य प्रह्लाद शाहले भनेका छन्, “त्यसबारे सोच्नुस् । म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा ’टार्गेट’ बनाएर तपाइँहरू अघि बढ्दा उपयुक्त हुन्छ ।”

सहभागी स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ– “उहाँले देखिएर होइन, अदृश्य रुपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।” – साभार:नया पत्रिका बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up