उर्वसी रौतेलाको नाममा होटल बुक गर्ने को ?

मुम्बई । बलिउड फिल्म ‘हेट स्टोरी ४’ कि नायिका उर्बसी रौतेलाको नक्कली आइडी प्रयोग गरेर एक ब्यक्तिले मुम्बईमा पाँच तारे होटलमा कोठा बुक गरेको सार्वजनिक भएको छ । उर्वसीले बान्द्रा प्रहरीमा आफ्नो नाममा होटल बुक गराउनेको खोजी गर्न आग्रह गरेकी छिन् ।

बिज्ञापन एजेन्सीको प्रतिनिधिलाई भेट्न जाने क्रममा उनले आफ्नो नाममा होटल बुक भएको जानकारी पाएकी थिइन् । होटलका स्टाफले उनलाई होटल बुकवारे जानकारी गराएका थिए ।

उर्वसीले आफुले बुक नगराएको जानकारी होटललाई गराएपछि होटलले टिकट बुक गराउनेको डिटेल चेक जाँच गर्दा अनलाइन बुकिङ गराएको पाएको थियो । उर्वसीको नाममा खोलेको फेक आइडीवाट होटल बुक गराएको रहस्य खुलेको थियो । प्रहरीले आइपी एड्रेस स्क्यान गरेको छ । प्रहरीको चेकजाँचपछि मात्रै कुन मुलुकवाट होटल बुक भएको हो जानकारी हुने बताएको छ ।- साभार:अनलाइन खबर बाट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up