इयुको प्रतिबेदन सहि र जायज …

युगेल तेन्डुप शेर्पा
आदिवासी जनजाती महासंघ द . कोरिया

यथार्थ र वास्तविक तथ्यमा रहेर युरोपियन युनियन (इयु) ले लोकतन्त्र प्राप्ति पछि समानता र सहअस्तित्वको लागी नेपालका अल्पसंख्यक, दलित, महिला, उत्पीडित आदिवासी समुदायहरुको लागी छुट्टाइने आरक्षण कोटा शताब्दी औ देखी नेपालको कार्यपालिका ,न्यायपालिका, ब्याबस्थापिकालाइ कब्जा गरेर शासन गर्दै आइ रहेका खस आर्य शासक समुदाय लागी दिनु हुन्न भन्ने प्रतिबेदन प्रतेक कोणबाट तर्कीक र जायज छ ।। नेपाल आदिवासी जनजाती महासंघले कुनै हचुवाको भरमा इयुको प्रतिबेदनको समर्थन गरेको हैन ।।यस अर्थमा युरोपियन युनियन(इयु) ज्ञानेको राजपरिषद जस्तो र अतिबादीहरुले सनातन फलाकेको जस्तो पनि हैन त्यो त अन्तर्राष्ट्रिय निकाय हो सबै कुरा सत्यतथ्य र बास्तबिकताको आधारमा नै हुन्छ !!! यो कुरा सबैले हेक्क राखे हुन्छ !!! ससांरमा शासकहरुले आरक्षन पाउने र पाउनु पर्छ भन्ने देश सायद नेपाल मात्रै होला ।।तसर्थ सम्पुर्ण उत्पीडित बर्ग समुदाय नेपाल आदिवासी जनजाती महासंघ र तिनको बिश्व भरि फैलिएको शाखाहरु इयुको प्रतिबेदनको स्वागत र समर्थन गर्द्छ र शासक बर्ग खस आर्य समुदायले पाउने आरक्षणको घोर बिरोध गर्दछ ।।। प्रधानमन्त्री हुन नेपालको महिला र आदिवासीहरुको योग्यतापुग्दैन भन्दै साझा सवाललमा बिबादास्पद अभिव्यक्ति दिने एमालेका प्रदिप ज्ञवलि परराष्ट्र मन्त्री माताहतको मन्त्रालयले इयुको प्रतिबेदनको बिरोध गर्नु संयोग मात्रै हैन नियोजित पनि देखिन्छ। के अब खडका ओलि सरकारले अन्तर्राष्ट्रिय परिबेक्षक र निकायहरुको बिरोध गरेर प्रतिबन्धको धम्की दिएर नेपालमा उत्तरकोरियाको जस्तै तानाशाही गतिविधि गर्न लागेको हो त ? नेपालको मुख्य दातृरास्ट्रहरु मध्येको संगठन इयुलाइ प्रतिबन्ध लगाउदा नेपालको बिकास र अन्य धेरै कुरामा कति दीर्घकालीन असर पर्छ भन्ने कुरा सायद तिनको बिरोध गर्नेहरुले सोच्न भ्याएको छैनन पनि होला !!! साथ साथै केहि राजबादी, हिन्दुअतिबादी, अराजक ब्याक्तीहरु र बुद्धिजीवी भनिनेहरु ले पनि शासक बर्ग खस आर्यहरुलाइ दिइएको आरक्षण हैन समाबेसीकरण पो हो त भन्दै शब्द परिवर्तन गरेर प्रतिबेदनको बिरोध गर्दै रोइकराइ गरेको र सामाजिक संजाल तिरा तथानाम लेखेको देखियो ।। कहिले यसरी तथ्यगत र वास्तविक कुरालाइ बङ्ग्याएर गलत अर्थ लागाउने त कहिले आदिबासीहरुको ऐतिहासिक धरोहरहरु माथी जनाजान डोजर चलाउने कहिले पहिचानबादीहरुले पहिचानको कुरा गर्दा जातीय कुरा गर्यो जातीय राज्यकोलागि कुरा गर्यो भनेर कुतर्क गर्ने गलत अर्थ लागाएर जनाजान भ्रम फैलाउन खोज्ने गतिविधिहरु अत्यन्तै दु:खद र निन्दनीय छ ।।।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up