NEPKOR ले यसपालीको छुसकमा फेरी पनि Grand Event गर्दै ।

Online radio गोर्खाली द .कोरिया
कोरियामा ईभेन्ट अर्गनाईजरको रुपमा परिचित युवाहरुको सँगठित समूह NEPKOR ले यसपाली छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा BRIJESH & BEYOND LIVE IN SEOUL को आयोजना गर्ने भएको छ ।

गत सलनालमा मात्रै NEPKOR ले युवापुस्ताको ढुकढुकीमा बस्न सफल चर्चित कलाकार स्वप्न सुमन लाई आमन्त्रण गरी भब्य कार्यक्रमको आयोजना गरेको थियो । उक्त नाईट ईभेन्ट्स विश्वकै साँतौ नम्बरमा पर्न सफल क्लब अक्टागनमा भएको थियो । जुन कार्यक्रममा उल्लेख्य रुपमा नेपालीहरुको उपस्थिती भएको थियो ।

त्यसैगरी यसपालीको छुसकमा पनि NEPKOR ले युवापुस्तामाझ लोकप्रिय कलाकारहरु BRIJESH SHRESHTHA र BEYOND (ASHISH SHAHI) साथमा फिमेल डिजे J-WOW लाई पनि कोरियामा आमन्त्रण गरी कार्यक्रमको आयोजना गर्ने भएको छ । साथै कार्यक्रममा DJ_NOTTY र DJ_BIT पनि रहनेछन् ।

कार्यक्रम कोरियाको खाङ्नाम मा रहेको H-20 Night Club (One of the finest Club in Seoul where more than 1000 people can enjoy with pleasent atmosphere) मा हुँदैछ ।

मेरोप्रतिभा अनलाईन मिडियालाई आफ्नो छुसक ईभेन्ट्सको बारेमा जानकारी गराउनुहुँदै NEPKOR वोर्ड मेम्बरले यस्तो सुवर्ण अवसरमा उपस्थिती भई भरपुर मनोरञ्जन लिनुहुन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विशेष आग्रह गर्नुभयो ।

NEPKOR ले यो भन्दा पहिले पनि धेरै सफल कार्यक्रमहरु गरिसकेको छ । क्लब अक्टागन (जुन विश्वको ७ औँ नम्बरमा पर्दछ), H2O Night Club (खाङ्नाममा रहेको क्लब जहाँ १००० जनाभन्दा वढी अट्न सक्छ), KBS Arena (कोरियाको एक ठूलो कन्सर्ट हल), जस्ता हलहरुमा रविन एण्ड द रिभोलुसन ब्याण्ड, मन्त्र ब्याण्ड, स्वप्न सुमन, जस्ता कलाकारहरुलाई लिएर सफल कार्यक्रम गरेको अनुभव बटुलिसकेको छ ।

कार्यक्रमको बारेमा
स्थान : H2O Night Club खाङ्नाम
मिती : September 13, Friday
नोट:- दोङ्देमुन गेट नं. ३ वाट कार्यक्रमस्थलमा जानको लागी बसको ब्यवस्था गरिएको छ ।
कार्यक्रम स्थल जानको लागी मेट्रो लाईन नं. ७ छङ्डाम स्टेशन गेट नं. १३ वाट ५ मिनेट पैदल । LIBIERA HOTEL
विस्तृत विवरण तल कार्यक्रमको ब्यानरमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter