कसले बनाउँछ सहर ?

मोटरसाइकल, कार, ट्रकका चर्का हर्न । कतै टाटेपाटे र कतै खुइलिएको कालोपत्रे सडकको किनारमा मैलो, पातलो सर्ट र खाली खुट्टामै ढुंगा, बालुवा, गिट्टी ओसारिरहेका, ढलछेउ गाह्रो लगाइरहेका मान्छेहरू । सस्ता चुरोटको धुवाँ उडाउ“दै सडक किनारामा थकित मजदुरहरू । यो सहरमा प्रत्येक मानिसका हलचल र प्रत्येकका पीडा अंकित छन् । उनीहरूका धुलो टाँसिएर बाक्लो भएका परेलामुनिका […]

पुरा पढ्नुहोस्
बेसारले क्यान्सर निको हुन्छ

ब्रिटिस मेडिकल जर्नलका अनुसार माइलोमा नामक ‘उपचारै नहुने’ रक्त क्यान्सर भएकी जागिरबाट निवृत्त बेलायती महिला डाइनेके फर्गसनले केमोथेरापीले काम नगरेपछि तरकारीमा प्रयोग हुने बेसारको ‘कुर्कुमिन’ प्रयोग गरिन् । कुर्कुमिन बेसारमा पाइने चम्किलो र पहेंलो रसायन हो । आफूलाई लागेको माइलोमा रोगसँग लड्न ६७ वर्षीया उनले पाँच वर्षसम्म प्रत्येक दिन बेसारको नियमित सेवन गरिन् । अहिले […]

पुरा पढ्नुहोस्
कम्युनिस्ट शासन भोग्न पाइने भयो

पञ्चायत, प्रजातन्त्र, गणतन्त्र भोगेको हाम्रो पुस्ताले अब कम्युनिस्टहरूको शासन कस्तो हुने रहेछ भन्ने अनुभव गर्न पाउनेजस्तो देखिन्छ । नेकपा एमाले र माओवादीबीच एकताको घोषणा गर्दा समाजवाद स्थापना गर्ने भनिएको छ । अब त्यो समाजवाद कस्तो हुने हो त्यसमा भर पर्छ । साँच्चिकै कम्युनिस्टवाला समाजवादतिर मुलुकलाई लैजान खोजियो भने राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरबाट त्यसको प्रतिवाद पनि हुन सक्छ […]

पुरा पढ्नुहोस्
किन कम खस्छ भोट ?

निर्वाचनमा नागरिकले निर्बाधरूपमा मतदान गर्न पाउनु उनीहरूको अधिकार हो । उम्मेदवारको मायाले नभएर सामाजिक विकास र जनताप्रतिको उत्तरदायित्व सुम्पिन विश्वासिलो र उचित नेतृत्वलाई मतदान गर्नुपर्छ । १८ वर्ष उमेर पुगेका हरेक नागरिक मतदानको लागि योग्य हुन्छन् र आफूलाई भरोसा लागेको पार्टी र नेतालाई मतदान गर्न पाउँछन् । आगामी चुनावको चिन्ता होइन, आगामी पुस्ताको चिन्ता गर्ने […]

पुरा पढ्नुहोस्
चुनावपछि आर्थिक समृद्धि

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै मुलुका संविधान कार्यान्वयनको सुनिश्चितता देखिएको छ। यसअघि स्थानीय तहको निर्वाचन सम्पन्न भई निर्वाचित जनप्रतिनिधिले काम सुरु गरिसकेका छन्। केन्द्रीय बजेटबाट दुई खर्ब २५ अर्ब रुपैयाँ स्थानीयतहमा गइसकेको छ। मुलुकका राजनीतिक मुद्दा करिब निरुपण भइसकेका छन्। आर्थिक मुद्दाले प्राथमिकता पाएका छन्। अब मुलुकमा राजनीतिक स्थिरता आउने […]

पुरा पढ्नुहोस्
ओलीको बोलीले बूढीगण्डकी स्वदेशी लगानीमा बन्नेभो

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले ऊर्जा मन्त्रालय सम्हालेको निकै थोरै समयमा मुलुकको दीर्घकालीन हितको निर्णय गराउन सफल भएका छन्— बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने । यो निर्णय नेपालका ठूला र विशेषगरी अध्ययन भइसकेका आयोजना बेचबिखन गरी कमिसन खान पल्केका नेता, मन्त्री, तिनका दल र मजतिको जान्ने कोही छैन भन्ने ‘टेक्नोक्र्याट’ हरूका लागि ठूलो […]

पुरा पढ्नुहोस्
कसरी रोक्ने हिंसाको राजनीति ?

विगत सातदशकको नेपाली इतिहासको विशेषता भनेको हरेक १० वर्षमा मुलुकमा राजनीतिक संकट दोहोरिने गरेको छ । पछिल्लो समयमा राजनीतिक शक्तिबीच बढ्दै गएको ध्रुवीकरण, उक्त ध्रुवीकरणमा अन्तर्निहित भूराजनीतिक आयाम र आम चुनाव बहिस्कारको आह्वान गरेको समूहले तीव्र पारेको हिंसात्मक गतिविधिले मुलुक अब नयाँ संकटतर्फ अगाडि बढ्ने संकेत गर्छ । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल […]

पुरा पढ्नुहोस्
चुनावमा दुस्प्रचार

युनिभर्सिटी अफ म्यासाच्युसेटस्का राजनीतिशास्त्रका एसोसिएट प्रोफेसर मेरिडिथ रोल्फले नागरिकको राजनीतिक सहभागिताबारे दिलचस्पीपूर्ण पुस्तक लेखिन् । ‘भोटर टर्न आउट’ शीर्षक दिएर सन् २०१२ मा प्रकाशित पुस्तकमा रोल्फले अमेरिकाको राजनीतिक तथा ऐतिहासिक न्यारेटिभमा मताधिकार र अमेरिकी नागरिकबीचको अन्तरसम्बन्धबारे चर्चा गरेकी छिन् । उनले पुस्तकमा लेखेकी छन्, ‘स्कुलमा पढ्ने अमेरिकी बालबालिकालाई अमेरिकाको जन्म मताधिकारको लडाइँबाट भएको हो भनेर […]

पुरा पढ्नुहोस्
गफले होइन, कामले समृद्धि !

मोही माग्ने ढुंग्रो लुकाउने ! पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको मतदान तीन दिनपछि आइतबार हुँदैछ। राजनीतिक पार्टीहरूले पहिलो मात्र होइन, दोस्रो चरण (मंसिर २१) को निर्वाचननिम्ति पनि घोषणापत्र प्रकाशन गरिसकेका छन्। तर कांग्रेस, एमाले र माओवादी, विवेकशील साझालगायत मधेसी दलहरूलगायत सबैले घोषणापत्रमा समृद्धिका ठूलाठूला योजनाहरू अगाडि सारेका छन्। यसै विषयमा मनमा कुरा खेलिरहेको बेला […]

पुरा पढ्नुहोस्
विषादी नियन्त्रण किन हुँदैन

विषादीबाट क्यान्सर, किड्नी तथा कलेजो खराबी, नसा तथा प्रजनन समस्या जस्ता खतरानक रोग लाग्ने विषादी विज्ञहरू बताउँछन् । यसरी जनस्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्ने विषादीबारे नेपालमा सार्वजनिक गहन छलफल (डिस्कोर्स) नै हुँदैन । यो विषयमा डिस्कोर्स नहुँदा त्यस्ता रोगको जोखिम उच्च भएको अनुमान लगाउन सकिन्छ । सन् १९५२ मा औलो उन्मूलन प्रयोजनको लागि अमेरिकी विकास […]

पुरा पढ्नुहोस्