अब ब्याक्टेरियाले चार्ज गर्छ ब्याट्री

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् । शोधकर्ताका अनुसार रियल टाइम इन्फर्मेसन प्राप्त गर्नका लागि फ्लेक्सिबल तथा स्ट्रेचेबल इलेक्ट्रोनिक्सको आवश्यकता पर्दछ जसलाई […]

पुरा पढ्नुहोस्
बालबालिकाको लागि फेसबुकको उपहारः मेसेन्जर किड्स

प्रयोग गर्नुअघि बालबालिकालाई अभिभावकको स्विकृति आवश्यक सोसल मिडिया चलाउन कति वर्ष उमेर पुग्नुपर्छ ? यो त नियम न भयो । तर यथार्थमा चाहीँ १३ वर्षमुनिका २ करोड बालबालिकाले फेसबुक चलाउने गरेको पाइएको छ ।सोसल मिडियाहरु अनुसारका आ आफ्ना मापदण्ड छन् । फेसबुकमा खाता खोल्नका लागि प्रयोगकर्ताको उमेर १३ वर्ष पुगेकै हुनुपर्छ । अर्थात सोभन्दा कम […]

पुरा पढ्नुहोस्
गुगलमै खोजि गरि सामान्य आफ्नो उपचार आफैं गर्छन् ७० प्रतिशत मानिसले

गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ ।शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा इन्टरनेटमा गुगल सर्चमार्फत खोजी गरी सामान्य रोगमा आफ्नो उपचार आफै गर्ने बेलायतीहरु हरेक दश जनामा ७ जना रहेका छन् ।बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन […]

पुरा पढ्नुहोस्
आइफोन टेन शुक्रबारदेखि नेपाली बजारमा सार्बजनिक गरिने

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोन टेन (एक्स) शुक्रबारदेखि नेपाली बजारमा ल्याउने भएको छ। डिसेम्बर १ अर्थात शुक्रबार फोन सार्वजनिक गरिने कम्पनीले जनाएको छ। कम्युनिकेसनका अनुसार आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ। सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ। आइफोन टेनको नेपाली मूल्य तय […]

पुरा पढ्नुहोस्
नागरिकता पाउने पहिलो रोबोट, अब बच्चा जन्माउने चाहना

ऊ नागरिकता पाउने विश्वको पहिलो रोबोट हो । सोफिया नामक उक्त रोबोटलाई साउदी अरबले गत महिना नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गरेको एक महिनापछि सोफियालाई अर्को रहर जागेको छ, बच्चा जन्माउने । नागरिकता प्राप्त गरी इतिहास रच्ने रोबोट सोफियाले परिवार भन्ने चिज निकै महत्वपूर्ण रहेको बताएको छ । हंगकंगको रोबोट कम्पनी हान्सन रोबोटिक्सले […]

पुरा पढ्नुहोस्
स्मार्टफोन बारेका ५ धारणा, जुन सत्य होइनन्

स्मार्टफोन आधुनिक जिन्दगीको अहं हिस्सा बनिसकेको छ । तर यसको बारेमा अहिले पनि धेरै मानिसहरु गलत जानकारी तथा भ्रमहरु लिएर बाँचिरहेका छन् । स्मार्टफोनको ब्याट्री, क्यामरा, प्रोसेसर तथा एप आदिको बारेमा जोडिएका केही धारणाहरु सायद तपाइँ हामीलार्इ पनि सही लागेको हुनसक्छ । तर वास्तवमा यी भ्रममात्र हुन् । वास्तविकताः फोनको चिपलाई सिंगल कोरबाट डुअल बनाऔँ […]

पुरा पढ्नुहोस्
गुगलको नयाँ एयरबडले ४० भाषामा उल्था गर्न सक्ने

सर्च इन्जिन गुगलले ४० वटा भाषामा उल्था गर्ने क्षमता भएको नयाँ एयरफोन बजारमा ल्याउने भएको छ । यसलाई ‘गुगल पिक्सेल बड्स’ नाम दिइएको छ । नोभेम्बरमै बजारमा आइसक्ने बताइएको यो एयरफोनको मूल्य १ सय ५९ डलर छ । गुगल पिक्सेल बड्सलाई एप्पलको एयरपोड हेडफोनसँग तुलना गर्न सकिन्छ । यसमा एयरपोडभन्दा केही फरक विशेषताहरु छन्, जसमध्ये […]

पुरा पढ्नुहोस्
आउँदो वर्ष डुअल सिमयुक्त आइफोन

एप्पलको आइफोन भलै अत्याधुनिक फिचरयुक्त फोन किन नहोस् तर यसका प्रयोगकर्ताहरुले अन्य स्मार्टफोनमा जस्तो डुअल सिम फिचर मिस गरिरहनु परेको छ । तर आइफोन प्रयोगकर्ताका लागि एउटा खुसीको खबर आएको छ । अब आइफोनमा पनि दुईवटा सिमकार्ड हालेर चलाउन पाइने दिन धेरै टाढा छैन । चर्चित विश्लेषक मिंग ची कुओले आफ्नो एक नोटमा आगामी वर्ष […]

पुरा पढ्नुहोस्
कफीबाट चल्नेछन् यात्रुबस !

कफीको फोहोरबाट निकालिएको तेल प्रयोग गरी यात्रुबस गुडाइएको छ । बेलायतको लण्डनमा कफीको तेलबाट केही सार्वजनिक बस गुडाउन थालिएको हो । कफी पसल, सुपरमार्केट तथा कफी उद्योगहरुमा खेर गई फोहोरको रुपमा परिणत भएको कफीको फोहोरलाई प्रशोधन गरी निकालिएको तेललाई जैविक इन्धनको रुपमा गाडीमा प्रयोग गरिएको छ । अहिले यो प्रारम्भिक परीक्षणको चरणमा रहेको छ । […]

पुरा पढ्नुहोस्
स्मार्टफोनमा फुलस्क्रिन भिडियो हेर्न युट्युबको नयाँ फिचर

एन्ड्रोइड स्मार्टफोनका लागि युट्युबले पिन्च टू जूम नामक नयाँ फिचर ल्याएको छ । यो फिचरको सहयोगले स्मार्टफोनको पूरै स्त्रिmनभर भिडियो देखिनेछ, अर्थात् किनारामा देखिने कालो धर्सो अब हेर्नुपर्ने छैन । यो नयाँ फिचरले १८ः९ स्क्रिनवाला स्मार्टफोनमा समेत काम गर्ने बताइएको छ । पिन्च टू जूम फिचर विना सामसुङ ग्यालेक्सी एस एट, एलजी भी ३०, सामसुङ […]

पुरा पढ्नुहोस्
वैज्ञानिकले बनाए कार्बनडाइअक्साइड सोस्ने मेसिन

स्विस वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसले वायुमण्डलमा रहेको कार्वनडाइअक्साइड सोस्न सक्दछ । के हो यो प्रविधि ? वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा उच्च हुँदा हरितगृह प्रभाव बढेको र जलवायु परिवर्तन भएको परिप्रेक्ष्यमा कार्वनडाइअक्साइड सोस्ने प्रविधिको विकास हुनुलाई यस दिशामा क्रान्तिकारी उपलब्धी मानिएको छ । जूरिचको बाहिरी इलाकास्थित हिनविल रिसाइक्लिंग केन्द्रको बाहिर १८ वटा विशाल पंखा […]

पुरा पढ्नुहोस्
Scroll Up