पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

२० जेठ, काठमाडौं । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ ।  शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शाहीको पारिवारिक स्रोतले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको जनाएको छ । श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए । लामो […]

पुरा पढ्नुहोस्
दरबार हत्याकाण्डको १६ बर्षः एउटा इच्छा पूरा, दुई बाँकी

काठमाडौं – दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ । तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन । नेपाली जनताले सधैँ भन्ने गरेका छन्, राजा विरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस् । दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाडलगत्तै […]

पुरा पढ्नुहोस्
मेनुकाविरुद्ध पूजाको बयानः सुरुमा आश्रय दिइन्, वर्षौं शोषण गरिन्

काठमाडौं । एसएलसी दिन सदरमुकाम आएको बेला पूजा बोहोरामाथि सामुहिक बलात्कार भयो । २०६८ सालको यो घटनापछि उनले अनेक कष्ट सहिन् । उनलाई रक्षा नेपालकी मेनुका थापाले आश्रय दिइन् । काठमाडौंमा ल्याएर मुद्दा लड्नेदेखि बस्न र पढ्न सहयोग गरिन् । पूजाले न्याय माग गर्दै तत्कालीन कानुनमन्त्री नरहरि आचार्यलाई पत्र लेखेपछि पूजाले थप सहानुभूति पाइन् । […]

पुरा पढ्नुहोस्
कुटपिटबाट मलेसियामा नेपाली युवककाे मृत्यु

१८ जेठ, पर्वत । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोजय अस्पतालमा उपचारका क्रममा […]

पुरा पढ्नुहोस्
रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव

कहाँ कसको खेल ? १८ जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलका लागि रसियाका विभिन्न ११ सहरमा १२ रंगशाला तयारी अवस्थामा छन् । आउँदो जुन १४ देखि जुलाई १५ सम्म यी रंगशालामा फुटबल उत्सव लाग्नेछ । ८० हजार दर्शक क्षमताको लुजान्की रंगशालासँगै ३५ हजार दर्शक क्षमताको एकाटेरिङवर्ग रंगशालासम्म खेलहरु तय भएका छन् । १) […]

पुरा पढ्नुहोस्
सन्दीप लामिछानेले आज विश्व–११ बाट वेष्ट इन्डिजविरुद्ध खेल्दै

काठमाडौं । सन्दीप लामिछानेले आज राति वेष्ट इन्डिजविरुद्ध विश्व ११ टिमबाट खेल्दैछन् । इंग्ल्याण्डको लर्डस्मा हुने खेलमा नेपालका सन्दीपले विश्व ११ बाट खेल्न लागेका हुन् । खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा सुरु हुनेछ । विश्व ११ टिमबाट खेल्न लागेका सन्दीप पहिलो नेपाली खेलाडी हुन् । सन्दीप रहेको विश्व एघारको कप्तानी पूर्व पाकिस्तानका […]

पुरा पढ्नुहोस्
सुरक्षा खतरा थियो गोरेलाई ? अनुसन्धान समिति भन्छ– तीनवटा समूहबाट थियो खतरा

काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्यासँग जोडिएका चर्चित पात्र तथा मुख्य अभियुक्त हुन् चूडामणि उप्रेती ‘गोरे’ । गत माघ ९ गते यूएईबाट आएको भनिएको साढे ३३ किलो सुन गायब भएपछि गोरेको समूहले निर्मम यातना दिएर सुन लुकाएको आशंकामा सनम शाक्यको हत्या गर्यो । सनमको हत्यापछि महानगरीय अपराध महाशाखाका सई […]

पुरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकको तीनमध्ये एक खण्डको काम सकियो

१६ जेठ,  चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सकिएको छ । पाचौं पटक थपिएको मिति बुधबार सम्पन्न भए पनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ । सो सडकको काम हाल […]

पुरा पढ्नुहोस्
धेरैले किन्ने मोटरसाइकलकै मूल्य ३० हजारसम्म बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । यसले मूल्य बढ्ने त निश्चित छ । तर, प्रश्न छ कति ? किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । त्यसमा पनि १५० देखि २२० सीसीसम्मका मोटरसाइकल धेरैको पहुँचमा छ । तर, बजेटले त्यही मोटरसाइकलको मूल्य बढाएको छ । यसमा […]

पुरा पढ्नुहोस्
साउन १ देखि पेन्सन नपाउने, अब योगदानमा आधारित निवृत्तिभरण

१६ जेठ, काठमाडौं । सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ । अब २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुले पेन्सन पाउने छैनन् । उनीहरुले योगदानमा आधारित निवृत्तिभरणमा चित्त बुझाउनुपर्ने छ । मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले […]

पुरा पढ्नुहोस्
मेराे परिवारकाे लागि अाज ‘कालाे दिन’ : साबित्री श्रेष्ठ

काठमाडाैं- उज्जन श्रेष्ठकी बहिनी साबित्री श्रेष्ठले आजको दिनलाई ‘कालो दिन’को संज्ञा दिएकी छन् । उनले आफ्नो परिवारको लागि आज कालो दिन भएको बताइन् । सरकारले माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाह गर्ने निर्णयले आश्चर्यचकित पारेको उनले बताइन् । उनले गणतन्त्र दिवसकै दिन सरकारले गरेको यो नर्णिय बिलकुल गलत भएको बताइन् । ‘यसअघि सरकारले विशेष समारोहमा […]

पुरा पढ्नुहोस्
Scroll Up