रानीपोखरीमा देखियो मेयर-उपमेयरको किचलो : उपमेयर ताला लगाउने, मेयर फाेडन लगाउने

काठमाडौं : रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम छैनन् । मेयर विद्यासुन्दर शाक्यले सम्पदा नमासिने गरी काम भइरहेको दाबी गरिरहेका बेला उपमेयर हरिप्रभा खड्गी पुनर्निर्माण कार्य रोक्न लागिपरेकी छन् । महानगरपालिकाले पुनर्निर्माण […]

पुरा पढ्नुहोस्
फिलिपिन्स आँधीका कारण मृतकको संख्या १ सय ८० नाघ्यो, कैयौँ बेपत्ता

काठमाडौं । फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० नाघेको छ । फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएकाे अधिकारीहरूले जनाएका छन् । आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् । उनीहरुले केही शव बाहिर निकालेका […]

पुरा पढ्नुहोस्
म्यादी प्रहरीको मृत्युपछि कालिकोटमा अनिश्चितकालीन कर्फयु

काठमाडौं : प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी विवेक ऐडीका आफन्त र स्थानीयबासिन्दाले प्रदर्शन चर्काएपछि कालिकोटमा अनिश्चितकालीन कफ्र्यू घोषणा गरिएको छ । मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको माग गर्दै बिहानैदेखि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए । प्रदर्शन चर्किदै गएपछि अवस्था नियन्त्रणबाहिर जान नदिन शनिबार दिउँसो ४ बजेदेखि कप्mर्यू घोषणा गरेको स्थानीय […]

पुरा पढ्नुहोस्
निर्वाचन परिणाम विरुद्ध कांग्रेसका २ र माओवादीका १ उम्मेदवार सर्वोच्चमा रिट दायर

काठमाडौं– भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएका ३ उम्मेदवार मतपरिणाम उल्ट्याउन माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिपक खड्का, कांग्रेसकै युवानेता प्रदीप पौडेल र माओवादी केन्द्रका बिना विभागीय मन्त्री रामसिंह यादवले सर्वोच्चमा रिट दायर गरेका छन्। संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेका उम्मेदवार […]

पुरा पढ्नुहोस्
धरहराको पुनर्निर्माण प्राधिकरणलाई बनाउन स्वीकृति

७ पुस, काठमाडौं । सरकारले धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको छ । यसअघि निर्माणको जिम्मा दिइएको नेपाल टेलिकम लगानी उठ्ने ग्यारेन्टी नहुने बताउँदै पन्छिएपछि मन्त्रिपरिषद्ले प्राधिकरणमातहत नै निर्माण गर्ने निर्णय लिएको हो । टेलिकमले धरहरा क्षेत्रभित्रै व्यावसायिक स्टल नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत् नै बनाउने […]

पुरा पढ्नुहोस्
एसईई परीक्षा चैत ८ देखि सुरु (तालिकासहित)

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत आठ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने भएको छ। चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते […]

पुरा पढ्नुहोस्
देउवा-ओलीको आ-आफ्नै अडानले, दाहाल बीच धारमा

मुख्य दलबीच संवादहीनता काठमाडौं : मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी बीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सत्ता हस्तान्तरण अगाडि राष्ट्रपतिकहाँ पठाएको राष्ट्रियसभा निर्वाचन […]

पुरा पढ्नुहोस्
रेमश चौधरीको अभियोगपत्र मगाउन सर्वोच्चको आदेश

काठमाडौं– कर्त्तव्य ज्यान लगायत अन्य मुद्दाका फरार अभियुक्त रेशम चौधरीले प्रतिनिधिसभा सदस्यमा जितेपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दैैै सर्वोच्चमा दर्ता गराएको रिटमा अभियोगपत्र लगायतका फाइल मगाउने आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले दर्ता गर्न अस्वीकार गरेको रिट विरुद्ध इजलासमा पेश भएको निवेदनमा सर्वोच्चले सक्कल फाइल मगाउने आदेश गरेको हो। कैलालीको टीकापुरमा आठ जनाको ज्यान […]

पुरा पढ्नुहोस्
सरकारी सेवामा अवसर : सेनाले माग्यो १५० अधिकृत

काठमाडौं- नेपाली सेनाले १ सय ५० अधिकृत (क्याडेट) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।  आज खुलाइएको विज्ञापन अनुसार खुलातर्फ ८३ जनाका लागि कोटा निर्धारण गरिएको छ भने समावेशीतर्फ महिला १३, आदिवासी/जनजाति २२, मधेसी १९, दलित १० र पिछडिएको क्षेत्रबाट ३ जनाको कोटा छ। १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेका इच्छुकले आवेदन […]

पुरा पढ्नुहोस्
बिदेसी मुद्र तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

काठमाडौं- सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ । फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर पठाउने अनुमति दिएका हुन् […]

पुरा पढ्नुहोस्