बिदुत प्राधिकरणका सुपरभाइजर दिनेश थापा २५ हजार घुससहित रंगेहात पक्राउ

१७ पुस, काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । काभ्रेको पाँच लाल नगरपालिकाबाट विद्युत प्राधिकरण उपशाखाका सुपरभाइजर दिनेश थापालाई सोमबार अख्तियारको टोलीले नगद २५ हजारसहित पक्राउ गरेको हो । विद्युत पोल विस्तारका क्रममा सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारले थापालाई पाँचखालबाटै रंगेहात पक्राउ गरेको जनाएको छ।

पुरा पढ्नुहोस्
आजदेखि स्वस्थानी व्रत शुरु

काठमाडौँ – पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको […]

पुरा पढ्नुहोस्
संसद् भवन भाडामा मात्र एक अर्ब ६८ करोड खर्च !

काठमाडौं– संसद्को आफ्नो भवन नहुँदा संसद् बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ । सरकारले संघीय संसद्का लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ । यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद् बैठक पनि त्यहीं बसेको थियो । संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन […]

पुरा पढ्नुहोस्
कांग्रेसबाट प्रदेश तर्फका समानुपातिक ७२ जना सांसदको नाम टुंगो लगाए, सूची सहित

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले प्रदेशतर्फका ७२ जना सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसले  शुक्रबार राति अन्तिम सूची तय गरेर  आयोगमा बुझाएको हो । नाम छनोटका क्रममा सभापति शेरबहादुर देउवा र रामचन्द्र  पौडेलबीच विवाद समेत भएको बताइएको छ । यद्यपी पौडेलसमूहको असन्तुष्टिका बीच नाम टुंगो लगाइएको एक नेताले बताए । समानुपातिक […]

पुरा पढ्नुहोस्
इपीएलको फाइनल आज, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स आमने–सामने

काठमाडौं–एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा शनिबार (आज) आमने–सामने हँुदा पारस खड्काको कप्तानीमा भएको विराटनगर वारियर्स र शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्स उपाधिको एउटै लक्ष्यमा हुनेछन् । त्यसका लागि विराटनगर अपराजित यात्रालाई उपाधि नउचालेसम्म निरन्तरता दिने योजनामा हुनेछ भने भैरहवाले आफ्नो लक्ष्य पूरा गर्न विपक्षीको यात्रामा पूर्णविराम लगाउनुपर्नेछ । विराटनगरका कप्तान पारसले लिग चरण र क्वालिफायरमा […]

पुरा पढ्नुहोस्
रेशम चौधरीलाई यथासक्य चाँडो प्रमाणपत्र दिन राजपालेको आग्रह

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरीलाई यथासक्य चाँडो विजयीको प्रमाणपत्र दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजपाको राजनीतिक समितिको बैठकले रेशम चौधरीको विषयमा कानुनी उपचार खोज्ने भन्दै उनलाई चाँडो प्रमाणपत्र दिन आयोगलाई अपिल गरेको राजपा अध्यक्ष मण्डलका एक नेता अनिल झाले […]

पुरा पढ्नुहोस्
नारायणगढ मुग्लिन सडक राति १० बजेबाट विहान ४ बजेसम्म वन्द हुने

१२ पुस, चितवन । निर्माणधिन नारायणगढ मुग्लिन सडकखण्डलाई रातको समयमा वन्द गरिने भएको छ । कामको गतिलाई बढाउन भन्दै पुस १८ गतेदेखि राति १० बजेबाट विहान ४ बजेसम्म सडकखण्ड वन्द गर्न लागिएको हो । पुस १८ गतेपछि दिउँसोको समयमा एकाध घण्टा सडक बन्द गरेर पिचको काम गर्ने सहमति भएको छ । ‘रातको समयमा पिच गर्ने […]

पुरा पढ्नुहोस्
रानीपोखरीमा देखियो मेयर-उपमेयरको किचलो : उपमेयर ताला लगाउने, मेयर फाेडन लगाउने

काठमाडौं : रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम छैनन् । मेयर विद्यासुन्दर शाक्यले सम्पदा नमासिने गरी काम भइरहेको दाबी गरिरहेका बेला उपमेयर हरिप्रभा खड्गी पुनर्निर्माण कार्य रोक्न लागिपरेकी छन् । महानगरपालिकाले पुनर्निर्माण […]

पुरा पढ्नुहोस्
फिलिपिन्स आँधीका कारण मृतकको संख्या १ सय ८० नाघ्यो, कैयौँ बेपत्ता

काठमाडौं । फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० नाघेको छ । फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएकाे अधिकारीहरूले जनाएका छन् । आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् । उनीहरुले केही शव बाहिर निकालेका […]

पुरा पढ्नुहोस्
म्यादी प्रहरीको मृत्युपछि कालिकोटमा अनिश्चितकालीन कर्फयु

काठमाडौं : प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी विवेक ऐडीका आफन्त र स्थानीयबासिन्दाले प्रदर्शन चर्काएपछि कालिकोटमा अनिश्चितकालीन कफ्र्यू घोषणा गरिएको छ । मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको माग गर्दै बिहानैदेखि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए । प्रदर्शन चर्किदै गएपछि अवस्था नियन्त्रणबाहिर जान नदिन शनिबार दिउँसो ४ बजेदेखि कप्mर्यू घोषणा गरेको स्थानीय […]

पुरा पढ्नुहोस्