तीन किलो चरेशसहित तीन जना पक्राउ

महेन्द्रनगर: लागूऔषध अनुसन्धान समूहले कैलालीको अत्तरियाबाट तीन किलो चरेशसहित तीनजनालाई पक्राउ गरेको छ। लागूऔषध अनुसन्धान शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार बिहान उनीहरुलाई पक्राउ गरेको जनाएको छ। लागूऔषध अनुसन्धान शाखा कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी नायब निरीक्षक धनन्जय मल्लको नेतृत्वमा खटिएको टोलीले गोदावरी नगरपालिका ४ का यज्ञ बहादुर सिंह, वडा नं २ का […]

पुरा पढ्नुहोस्
लोग्‍नेलाई विष खुवाएर मार्न खोज्दा परिवारै सखाप

पाकिस्तान : पाकिस्तानमा भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको हो । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई […]

पुरा पढ्नुहोस्
ऋण तिर्न नसकेपछि छोरा मारेर आत्महत्या

धनगढी : गोदावरी नगरपालिका-२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले जनाएको छ। उनले श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माइतीघर गएका बेला बुधबार साँझ छोराको हत्या गरी आत्महत्या गरेका हुन्। प्रहरीले उनको साथबाट सुसाइट नोट फेला […]

पुरा पढ्नुहोस्
खुकुरी हानेर भान्जीको विभत्स हत्या

विराटनगर : एक युवकले खुकुरी प्रहार गरी केराबारी गाउँपालिका-६ की एक बालिकाको हत्या गरेका छन्। ३४ वर्षीय भक्तशेर लिम्बूले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी ११ वर्षीया सञ्चिता लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। भक्तशेर र सञ्चिता साइनोमा मामा-भान्जी हुन्। लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। भक्तशेर र सञ्चिता साइनोमा मामा-भान्जी हुन्। सञ्चिताको विराटनगरस्थित गोल्डेन […]

पुरा पढ्नुहोस्
बस पल्टिँदा २२ जना यात्रु घाइते

कञ्चनपुर: पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जानकारी दिए। घाइते सबैको अवस्था […]

पुरा पढ्नुहोस्
पोखराका तीन ठाउँमा छठ पर्व मनाइने

पोखरा: पोखराका तीन मुख्य ठाउँमा छठ पर्व मनाइने भएको छ। पोखराको फेवातालको किनार केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थलमा भव्यताका साथ छठ पर्व मनाउन लागिएको हो। केही वर्षदेखि विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराई मूलका नागरिकहरुले छठ पर्व पोखरामै मनाउन थालेका छन् भने पहाडीया मानिसले पनि छठ पर्व मनाउन लागेको देखिन्छ। चार […]

पुरा पढ्नुहोस्
१३ वर्षमा बिहे, १६ वर्षमा सम्बन्धमा विच्छेद

बागलुङ : जिल्लाको तमानखोला गाउँपालिका-१ का १३ वर्षीया सुनिता गोतामेले कक्षा ५ मा पढ्दापढ्दै बिहे गरिन् । आफ्नै फुपुले बुर्तिबाङ बजार जाउँ भनेर फकाई फुलाई ल्याएर तमान २ सिलगुमका किसान विकसँग बिहे गराइदिइन् । रमाइलो गरेर लाउँलाउँ खाउँखाउँ भन्ने बेला सुनिता उमेरको अपरिपक्वता, घर व्यवहार, त्यसमाथि सासू ससुराको दुव्र्यवहारले आजित हुँदै थिइन् । बिहे गरेको तीन […]

पुरा पढ्नुहोस्
बेचिएको १८ दिनपछि आमाको काखमा पुगे सात महिनाका बालक..

जनकपुरधाम : १८ दिन पहिला आमाको काखमा सुतिरहेका सात महिनाका शुभम यादवलाई रातको समयमा आफ्नै छिमेकीले अपहरण गरेर लगेका थिए । अपहरणमा परेका शुभम आमाको दुधको भरमा मात्रै बाँचिरहेका थिए । छिमेकी अपराधिको पञ्जामा परेका शुभम आफ्नो घर, परिवारबाट मात्र छुटेनन् उनी अर्को जिल्ला पुर्याइए । यो घटना भएको १८ दिनपछि प्रहरीले बालकको उद्धार गरेको छ […]

पुरा पढ्नुहोस्
सुन व्‍यवसायी शाहको गोली हानी हत्‍या

सर्लाही: सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्‍या गरेको छ।सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी हत्‍या गरेको हो। शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए। शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ।मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा […]

पुरा पढ्नुहोस्
देवनारायणलाई भारतीय प्रहरीको हिरासतबाट छुटाउन कुटनीतिक पहल

राजविराज : भारतीय प्रहरीको हिरासतमा रहेका तिलाठी, कोइलाडी गाउँपालिका १ का देवनारायण यादव र उनका छोरा अजयलाई रिहा गराउन स्थानीय प्रशासनले सीमावर्ती भारतीय सुरक्षा अधिकारीसँग छलफल र भेटघाट तीव्र बनाएको छ। गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयलाई यादव बाबुछोराको रिहाइको पहल गर्न निर्देशन दिएपछि प्रशासनले संवाद तीव्र बनाएको हो। भारतीय प्रहरीले यादव […]

पुरा पढ्नुहोस्
साना किसानलाई अनुदान बढाइने

बर्दियाः पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुले साना किसानलाई दिने अनुदान बढाईने बताएका छन्। जिल्लाका विभिन्न स्थानमा अनुगमन गरेका मन्त्रीले मधुवन नगरपालिकामा पत्रकारसँगको कुराकानीमा साना किसान कार्यक्रममा अनुदान बढाएर एक बर्ष भित्रमा देशलाई अण्डामा आत्मनिर्भर, दुईबर्ष भित्र मासुमा र तीन बर्ष भित्रमा दुधमा आत्मनिर्भर हुने गरी कार्यक्रम ल्याउन लागेको बताए। खुला सीमानाका कारण जिल्लामा भारतबाट लुकिछिपी आउने […]

पुरा पढ्नुहोस्
Scroll Up