बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ क्रियुजेसेनलाई यौन दुराचार अपराधअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। […]

पुरा पढ्नुहोस्
माइत आएकी छोरी र दुई नातिनीको बाबु द्वारा हत्या

रोल्पा : रोल्पामा आफ्नै बाबुको हातबाट छोरी र दुई नातिनीको हत्या भएको छ। रोल्पा नगरपालिका-७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको शुक्रबार बेलुका हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीका अनुसार २५ वर्षीय छोरी पबावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी […]

पुरा पढ्नुहोस्
पाँच केजी चाँदी र ३० केजी गाँजासहित चार जना पक्राउ

वीरगन्ज : वीरगन्जको घण्टाघरबाट प्रहरीले अवैध चाँदीका गरगहनासहित दुई जना महिलालाई पक्राउ गरेको छ। भारतको रक्सौलबाट अवैध रुपमा चाँदी लिएर आउदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पाँच केजी चाँदीका गरगहनासहित रौतटहको चन्द्रपुर नगरपालिका ४ की ३३ वर्षीया दिपिका विश्वकर्मा र २२ वर्षीया राधिका विश्वकर्मालाई पक्राउ गरेको हो।   उनीहरुको साथबाट चाँदीका […]

पुरा पढ्नुहोस्
वडाध्यक्षका छोराले बलात्कार गरे, बाबुले कुटे, प्रहरी रमिते

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन । किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको हो । किशोरीलाई बलात्कार गर्ने वडा […]

पुरा पढ्नुहोस्
विष खाएर बालिकाको मृत्यु, चार बिरामी

मलंगवा : सर्लाहीको कौडेना २ फूलपरासीमा विष खाएर शुक्रबार बालिकाको मृत्यु भएको छ। अन्य चार जना सिकिस्त बिरामी भएका छन्। तरकारीमा छर्नका लागि घरमा राखिएको बिषादी खाँदा राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ। राम प्रताप रायको घरमा राखेको तरकारीमा छर्ने ‘मेरी कुलान’ विषादी खाँदा अस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ। […]

पुरा पढ्नुहोस्
तीन किलो चरेशसहित तीन जना पक्राउ

महेन्द्रनगर: लागूऔषध अनुसन्धान समूहले कैलालीको अत्तरियाबाट तीन किलो चरेशसहित तीनजनालाई पक्राउ गरेको छ। लागूऔषध अनुसन्धान शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार बिहान उनीहरुलाई पक्राउ गरेको जनाएको छ। लागूऔषध अनुसन्धान शाखा कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी नायब निरीक्षक धनन्जय मल्लको नेतृत्वमा खटिएको टोलीले गोदावरी नगरपालिका ४ का यज्ञ बहादुर सिंह, वडा नं २ का […]

पुरा पढ्नुहोस्
लोग्‍नेलाई विष खुवाएर मार्न खोज्दा परिवारै सखाप

पाकिस्तान : पाकिस्तानमा भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको हो । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई […]

पुरा पढ्नुहोस्
ऋण तिर्न नसकेपछि छोरा मारेर आत्महत्या

धनगढी : गोदावरी नगरपालिका-२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले जनाएको छ। उनले श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माइतीघर गएका बेला बुधबार साँझ छोराको हत्या गरी आत्महत्या गरेका हुन्। प्रहरीले उनको साथबाट सुसाइट नोट फेला […]

पुरा पढ्नुहोस्
खुकुरी हानेर भान्जीको विभत्स हत्या

विराटनगर : एक युवकले खुकुरी प्रहार गरी केराबारी गाउँपालिका-६ की एक बालिकाको हत्या गरेका छन्। ३४ वर्षीय भक्तशेर लिम्बूले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी ११ वर्षीया सञ्चिता लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। भक्तशेर र सञ्चिता साइनोमा मामा-भान्जी हुन्। लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। भक्तशेर र सञ्चिता साइनोमा मामा-भान्जी हुन्। सञ्चिताको विराटनगरस्थित गोल्डेन […]

पुरा पढ्नुहोस्
बस पल्टिँदा २२ जना यात्रु घाइते

कञ्चनपुर: पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जानकारी दिए। घाइते सबैको अवस्था […]

पुरा पढ्नुहोस्