‘तेस्रो लिङ्गी’लाई ठमेलमा निषेध, पक्राउ परेकाहरु कपडा खोलेर नाङ्गो बसिदिने !

काठमाडौँ । ‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको समाचार आजको गोरखापत्रले छापेको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले भने ‘राति ९ नबज्दै सडकमा निर्लज्ज ढङ्गले रमिता देखाउने, पैसा चोर्ने र एक्लो– अर्को व्यक्तिलाई […]

पुरा पढ्नुहोस्
७९ वर्षीया वृद्धा वलात्कारका आरोपित २० वर्षीय शंकर थुनामा

पर्वत, २ जेठ – वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो […]

पुरा पढ्नुहोस्
बसको ठक्करबाट एक पैदलयात्री वृद्वाको मृत्यु

रत्ननगर, चितवन।  चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो । मंगलबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ नै मृत्यु […]

पुरा पढ्नुहोस्
काठमाडौँ महानगरपालिका न्यायिक समितिद्वारा अहिलेसम्मको सबै मुद्दा फैसला गरेको दावी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए । आएका सबै मुद्दा फैसला भइसकेको कामपाका उपप्रमुख श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दैनिक सरदर पाँचदेखि सातवटासम्म मुद्दा आउने गरेको […]

पुरा पढ्नुहोस्
क्यान्सर पीडित विकलाई रु दुई लाख

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका क्यान्सर पीडित सोमबहादुर विकको उपचारको लागि रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । रक्त क्यान्सरबाट पीडित भई अस्पतालमा उपचाररत विकको सहयोगार्थ स्थानीयले रु दुई लाख एक हजार ५६० आर्थिक संकलन गरी विकको परिवारलाई उपलब्ध गराएका हुन् । कतार प्रवासी संघ, दानाले सहयोग गरेको रु ४२ हजार र अन्य समुदायको […]

पुरा पढ्नुहोस्
हटियाकालागि नयाँ भवन निर्माण हुने

राजविराज । हटियालाई गुणस्तरीय र व्यवस्थित बनाउनका लागि सप्तरीको राजविराजस्थित हटियामा नयाँ भवन निर्माण गर्न लागिएको छ । करीब रु ३७ करोडको लागतमा निर्माण गर्न लागिएको भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो । नेपालको सबैभन्दा पहिलो नगर योजना ९टाउन प्लानिङ० गरी बनाइएको राजविराज नगरपालिका र सो क्षेत्रमा पर्ने […]

पुरा पढ्नुहोस्
व्यवस्थित बसपार्क बन्दै

स्याङ्जा : बसपार्क अभावका कारण सदरमुकामवासीले राजमार्गमै सवारीसाधन राख्नुपर्ने बाध्यता अब हट्ने भएको छ। झन्डै ३५ वर्षपछि सदरमुकाममा व्यवस्थित बसपार्क बन्ने भएपछि नगरवासी उत्साहित भएका छन्। पुतलीबजार नगरपालिका–१ स्थित विष्णुपँधेरामा निर्माणाधीन बसपार्क निर्माण अन्तिम चरणमा पुगेपछि यातायात व्यवसायी र नगरवासीको वर्षौंदेखिको समस्या अब समाधान हुने भएको हो। गण्डकी बस व्यवसायी समितिको सक्रियतामा गण्डकी बसपार्क निर्माण एवं […]

पुरा पढ्नुहोस्
एक लाख घुससहित शिक्षाका दुई इन्जिनियर पक्राउ

२३ चैत, पोखरा । जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विद्यालय भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले उनीहरुलाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा इन्जिनियर प्रदीपकुमार बानियाँ र सब-इन्जिनियर छबिन्ऽविक्रम खाँड छन् । मादी गाउँपालिका-८ […]

पुरा पढ्नुहोस्
पढाउने नाममा काठमाडौं ल्याइएका ५२ बालबालिका घरेलु बालश्रमिक

दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौंलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म (चार महिना)को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको पाइएको हो । समितिका कार्यकारी निर्देशक तारक […]

पुरा पढ्नुहोस्
हुण्डीको रकम नदिन व्यवसायीमाथि गोली

भैरहवा : भैरहवाका व्यवसायी हरिस सेठियामाथि भएको गोली प्रहारको घटना अवैध कारोबार हुण्डीसँग जोडिएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले एक भारतीय नागरिकले हुण्डी कारोबारबापत ३५ लाख भारतीय रुपैयाँ व्यवसायी सेठियालाई दिनुपर्ने हुँदा उक्त रकम दिन नपरोस् भन्ने उद्देश्यले ती भारतीयले सेठियाउपर गोली प्रहार गर्न लगाएको अनुसन्धानमा पाइएको बताए। सेठियामाथि फागुन […]

पुरा पढ्नुहोस्
काठमाडौंमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १० देवीनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । मंगलबार राति पौने ९ बजे सामान्य विवादमा २१ वर्षीय पुरुषोत्तम सेंढाईको हत्या भएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए । सर्लाही घर भएका उनी […]

पुरा पढ्नुहोस्
Scroll Up