राशिफल / २०७४ भाद्र २३ गते शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने […]

पुरा पढ्नुहोस्
रौतहटको चन्द्रपुरमा एमालेका दुई मेयर उम्मेदवार !

२१ भदौ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका दुई नेताले पार्टीको आधिकारिक टिकट लिएर आएपछि कार्यकर्तामा अन्यौल छाएको छ । रेग्मीले पाएको टिकट पार्टीको लेटरप्याडमा छ भने दाहालको टिकट निर्वाचन आयोगको उम्मेदवार मनोनयन फारममा मण्डलको हस्ताक्षर छ । बरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्लामै यस्तो अन्यौल भएको भन्दै कार्यकर्ता आक्रोशित भएका छन् ।एमाले नेताहरु […]

पुरा पढ्नुहोस्
‘क्षेत्रनिर्धारणमा प्रदेश नं. ६ प्रति अन्याय'

जाजरकोट: एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संघ र प्रदेशको क्षेत्र निर्धारणप्रति असन्तुष्टि जनाएका छन्। प्रेस चौतारी नेपाल जाजरकोटले खलंगामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भूगोलका हिसावले सबैभन्दा ठूलो प्रदेश भएपनि प्रदेश नं. ६ मा सबैभन्दा कम निर्वाचन क्षेत्र हुनु विडम्बना भएको बताए। निर्वाचन क्षेत्र निर्धारण आयोगको काम बैज्ञानिक नरहेको ज्ञवालीको आरोप थियो। ९० प्रतिशतभार जनसंख्या र […]

पुरा पढ्नुहोस्
सातै प्रदेश र केन्द्रमा एमालेको बहुमत आउँछः ओली

चितवन: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गरेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले २ नं प्रदेशमा पनि एमाले पहिलो हुने दावी गरे। भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई धाँधली गरेर हराइएको आरोप लगाए। एमालेविरुद्ध अनेक […]

पुरा पढ्नुहोस्
गाेर्खाल्‍याण्ड अान्दाेलनबारे देउवाले किन मुख खोलेनन् ?

दार्जिलिङ क्षेत्रमा आन्दोलन चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पाँचदिने भ्रमण गरे । तर, गोर्खाल्यान्ड माग्दै चलिरहेको आन्दोलनका विषयमा भारतीय समकक्षीसँग कुरा भएको कहीँ कतै सार्वजनिक भएन । कतिपय भारतीय नेपालीभाषीहरूले आन्दोलनबारे नेपालले बोलिदेओस् भन्ने चाहन्छन् । नेपालका नागरिकले उक्त आन्दोलनको समर्थनमा सामाजिक सञ्जालमा प्रतिक्रियाहरू जनाइरहेका हुन्छन् । तर, नेपाल सरकार किन बोल्दैन ? केही नेपाली तथा भारतीय नेपालीभाषीले […]

पुरा पढ्नुहोस्
'नेपाल-भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छ'

काठमाडौँ: उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल-भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताएका छन्र। नेपाल-भारत महिलामैत्री समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल-भारतका जनता-जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै भने, “सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ तर जनस्तरको सम्बन्ध सधैं महत्वपूर्ण हुन्छ, मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधैं प्रवर्द्धन […]

पुरा पढ्नुहोस्
अनेरास्ववियुको विस्तारित बैठक आजदेखि, केपी ओलीले उद्घाटन गर्ने

४ सय विद्यार्थीको बास जनताको घरमा १८ भदौ, चितवन । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठक भरतपुरमा आइतवारदेखि सुरु हुँदैछ । बैठकको सबै तयारी सकिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए ।भदौ २० गतेसम्म चल्ने बैठकको एक समारोहकावीच क्यान्सर अस्पतालमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको […]

पुरा पढ्नुहोस्
अनिलले भने- रञ्जितले आफूलाई अब्बल सावित गरे

१७ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा निर्वाचित रञ्जित तामाङले आफूलाई अब्बल सावित गरेको अर्का प्रत्यासी अनिल शर्माले बताएका छन् । उनले तामाङलाई बधाइ पनि दिएका छन् । क्रान्तिकारीको अध्यक्षमा तामाङ र शर्मा चुनाव लडेका थिए । शनिबार बिहान मत गणना सम्पन्न भएलगत्तै शर्माले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘बधाई छ मित्र रञ्जित तामाङलाई जसले आफूलाई अब्बल […]

पुरा पढ्नुहोस्
शाही राष्ट्रवादीबाट गणतन्त्र गुम्ने खतरा छ : दाहाल

रौतहट- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले शाही राष्ट्रवादीहरुबाट संघीयता, समावेशीता र गणतन्त्रलाई खतरा रहेको बताएका छन् । रौतहटको गरुडामा विहीवार आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले केही पार्टीलाई अझै विश्वास गर्न नसकिने अवस्था रहेकोले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउनेलाई विश्वास गर्न आग्रह गरेका छन् । दाहालले संविधान संशोधनको प्रक्रिया टुंगो लगाएर २ […]

पुरा पढ्नुहोस्
सरकारमा जाने तयारीसँगै राप्रपा प्रजातान्त्रिकमा ‘एक व्यक्ति एक पद’ को दबाब

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा जाने तयारी भइरहेका बेला सो पार्टीमा ‘एक व्यक्ति एक पद’को आवाज चर्को रुपमा उठेको छ । चारवटा मन्त्रालय लिनेगरी सरकारमा सहभागि हुन लागेको राप्रपा प्रजातान्त्रिकमा अध्यक्ष पशुपति शम्शेर राणालाई केही नेता तथा सांसदहरुले ‘एक व्यक्ति एक पद’ को नीति लागु गर्न दबाब दिएका हुन् ।  उनीहरुले अध्यक्ष राणालाई बिहीबार […]

पुरा पढ्नुहोस्