बिस्केट जात्रा शान्तिपूर्ण बनाउन सिसिटिभी

भक्तपुर – भक्तपुरको बिस्केट जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जात्रास्थलमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ। विशेष गरेर भैरवनाथको रथ तान्ने क्रममा हुन सक्ने हुलदंगा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाको समन्वयमा ३५ ठाउँंमा सिसिटिभी क्यामरा जडान गरिने भएको हो। जडान गरिएका क्यामेराबाट महानगरीय प्रहरी परिसर भक्तपुरको सर्भरकक्षबाट जात्रास्थलका गतिविधि सीधै हेर्न सकिने गरी व्यवस्थापन गरिने […]

पुरा पढ्नुहोस्
इयुविरुद्ध प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको प्रतिवेदनमाथि दिएको अभिव्यक्तिविरुद्ध अन्तरपार्टी दलित महिला सञ्जालले आपत्ति जनाएका छन्। सञ्जालले शुक्रबार पत्रकार सम्मेलन गरी सो आपत्ति जनाएको हो। युरोपियन युनियनले राज्यमा समानुपातिक समावेशी नीतिप्रति उठाएको प्रश्न राज्यको सार्वभौमिकता र अखण्डतामाथिको हस्तक्षेप नभएको सञ्जालको ठहर छ। सञ्जालले राज्यको सार्वभौमसत्ता र अखण्डताप्रति दलित सुमदायको पनि पूर्ण निष्ठा रहेको […]

पुरा पढ्नुहोस्
एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज दिउँसो साढे २ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको आसन्न भारत भ्रमण र त्यसबारे पार्टीलाई औपचारिक जानकारी गराउन बैठक आह्वान गरिएको बताइएको छ । प्रधानमन्त्री ओली यही […]

पुरा पढ्नुहोस्
जबर्जस्ती कर्मचारी खटाउन लागेको भन्दै कर्मचारी संघको विरोध

काठमाडौँ, रासस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले माग नै नगरी जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै स्थानीय तह कर्मचारी संघ नेपालले ध्यानाकर्षण गराएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८९ मा स्थानीय तहले माग नै नगरी आफ्नै पर्याप्त कर्मचारी भइरहेको स्थानीय तहमा समेत जबर्जस्ती नेपाल सरकारका […]

पुरा पढ्नुहोस्
कांग्रेसमा गुटगत भेला तीव्र

काठमाडौं : निर्वाचन समीक्षाका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेपछि एजेन्डा तय गर्न गुटगत छलफलले तीव्रता पाएको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ९ गते बस्ने कार्यक्रम छ। संघ र प्रदेश चुनावमा पार्टीले पराजय व्यहोरेपछि पार्टीभित्र समीक्षा हुनुपर्ने माग उठ्दै आएको थियो। सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला एवं खुमबहादुर खड्का समूहका नेतासहित युवा नेताहरूको […]

पुरा पढ्नुहोस्
उपसभामुखमा कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी

काठमाडौं,चैत १। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन शुक्रबार हुनेछ । वाम गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परेको छ तर, उसले उम्मेदवार अझै टुंगो लगाएको छैन ।

पुरा पढ्नुहोस्
बाबुराम र विप्लव समूहलाई पार्टीमा र्फकन प्रचण्डको आग्रह

काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई माओवादीमा फर्कन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा नयाँ शक्तिका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले बाबुराम र विप्लव समूहलाई पनि पार्टीमा र्फकन आहृवान गरेका हुन् । माओवादी छाडेर बाबुरामले गम्भीर गल्ती गरेको बताए । आफूले पटक-पटक फर्किन […]

पुरा पढ्नुहोस्
देउवाको अफर पौडेलद्वारा अस्वीकार

काठमाडौँ । काँग्रेस सभापतिले दलको नेता चयनका लागि ल्याएको नयाँ विकल्पलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गरेका छन् । केन्द्रीय सदस्य रमेश लेखक र गोपालमान श्रेष्ठले शनिबार नेता पौडेलसँग भेट गरी सभापति शेरबहादुर देउवाले अगाडि सारेको प्रस्ताववारे छलफल गरेका थिए । देउवाले अगाडि सारेको प्रस्तावमा दलको नेता सभापति देउवालाई बनाउने र उपनेता चाहिँ पौडेल समूहले अगाडि […]

पुरा पढ्नुहोस्
यी हुन् तीन राजनीतिक खम्बा

सुर्खेत – आइतबारको पहिलो प्रदेशसभा बैठकमा एमाले, माओवादी केन्द्र र कांग्रेसको साझा प्रतिबद्धता थियो– ६ नम्बर प्रदेशको समृद्धिका लागि हामी सँगसँगै हिँड्नेछौं । पार्टीका तर्पmबाट यस्तो प्रतिबद्धता व्यक्त गर्ने तीन नेता थिए, क्रमशः यामलाल कँडेल, महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही । ती तीनैजना अहिले संसदभित्र आ–आफ्नो पार्टीका संसदीय दलका नेता बनेका छन्। विकासका दृष्टिले सबैभन्दा […]

पुरा पढ्नुहोस्
बादललाई राष्ट्रिय सभामा लैजान बेदुरामलाई ‘आउट’

काठमाडौँः राष्ट्रिय सभामा प्रदेश नम्बर ३ का माओवादी केन्द्रका उम्मेदवार रामबहादुर थापा बादल असुरक्षित बनेपछि एमाले उम्मेदवार बेदुराम भुसालले पछि हट्नुपर्ने भएको छ । प्रदेश ३ बाट खुलाबाट ३ जनाको कोट रहेको अवस्थामा चारजनाको उम्मेदवारी परेपछि बादलका लागि वाम गठबन्धनले एमाले नेता बेदुराम भुसालको उम्मेदवारी फिर्ता गराउने सहमति गरेको हो । सोमबार बिहान सिंहदरबारमा बसेको वाम गठबन्धनको […]

पुरा पढ्नुहोस्
देउवाले बोलाए कांग्रेस केन्द्रीय समितिको बैठक

२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए । तर, प्रधानमन्त्री समेत रहेका सभापति देउवाले […]

पुरा पढ्नुहोस्
Scroll Up