नेकपाका तल्ला कमिटीमा यसरी एकीकरण

काठमाडौं : नेकपाले केन्द्रदेखि गाँउ तहसम्मका पार्टी कमिटी र जनवर्गीय संगठनको एकता तीन महिनाभित्र सक्ने कार्ययोजना बनाएको छ । केन्द्रमा केन्द्रीय विभाग, आयोगहरूको पूर्णताबाहेक अन्य सबै काम सकेको नेकपाले अब प्रदेश, जिल्ला हुँदै गाँउ तहसम्मका पार्टी कमिटी र जनसंगठनहरूको एकता प्रक्रिया अघि बढाएको हो । ‘तीन महिनाभित्र जनसंगठनहरूको एकतादेखि पार्टीका प्रदेश, जिल्ला कमिटी एकीकरण गर्ने प्रक्रिया […]

पुरा पढ्नुहोस्
सरकारको नीति तथा कार्यक्रम अस्पष्ट छ – देउवा

सरकारले सोमबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट नभएको बताएका छन् । संघीय संसदमा बुधबार सरकारका नीति तथा कार्यक्रममाथी भएको छलफलमा देउवाले यस्तो बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/७६का लागि नीति तथा कायक्रम प्रस्तुत गर्नेक्रममा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षका लागि आदारार्थी शब्द […]

पुरा पढ्नुहोस्
मुख्यमन्त्री राउतमाथि ओली सरकारको डण्डा, अमेरिका जान सरकारले रोक लगायो

काठमाडौं । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाई सरकारले अमेरिका जान रोक लगाएको छ । मधेशका विषयमा वकालत गरिरहेको एउटा एनजिओको कार्यक्रममा भाग लिन अमेरिका जानका लागि मुख्यमन्त्री राउतले संघीय सरकारसँग अनुमति मागेका थिए । तर, मन्त्रिपरिषदको आइतबारको बैठकले उनको भ्रमण प्रस्ताव अस्वीकृत गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेला मुख्यमन्त्री राउतले गरेको […]

पुरा पढ्नुहोस्
तत्कालीन माओवादीले एकीकृत पार्टीको स्थायी र केन्द्रीय समिति सदस्य आज टुंगाउँदै

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीको स्थायी र केन्द्रीय कमिटीमा आफ्नो तर्फबाट रहने नेताको नामावली टुंगाउने गृहकार्यमा तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरु जुटेका छन् । पार्टी घोषणा पश्चात आ–आफ्नो भागमा परेको संख्याभित्र रहेर नामावली छनोट गर्न नेताहरु गृहकार्यमा लागेका हुन् ।  तत्कालिन माओवादीले आज ती नाम टुंगाउने भएको छ । तत्कालिन माओवादीले आज दिउँसोसम्ममा स्थायी र केन्द्रीय कमिटीमा […]

पुरा पढ्नुहोस्
हाजिर गरेर हिँड्छन् मन्त्री

सभामुखको रुलिङ, ‘माननीयज्यूहरू मोबाइल नउठाउनुस्’  बुटवल ः प्रदेश ५ को संसद्मा मंगलबार बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलको कार्यसूची थियो । तर, प्रदेशका दुई मन्त्रीले त्यसको बेवास्ता गर्दै हाजिर गरेर संसद् हलभित्रै प्रवेश नगरी बाहिरिए । दिउँसो १ बजे बोलाइएको बैठक प्राविधिक कारण भन्दै २ बजे सुरु भयो । बैठकका लागि हतारिँदै आएका सामाजिक विकास मन्त्री सुदर्शन बराल […]

पुरा पढ्नुहोस्
‘हिजो अरुलाई कुरीकुरी गर्नुभयो, आज नाङ्गै हिँड्नुभयो’

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका विगतका अभिव्यक्तिहरु स्मरण गराउँदै गम्भीर प्रश्न उठाएका छन् । उनले हिजो अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने भनेका छन् । साथै उनले विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर बलपूर्वक हटाएकोमा पनि आपत्ति जनाएका छन् । गर्जिएका […]

पुरा पढ्नुहोस्
प्रदेश नं ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ, रासस । प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिने छ । राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा अहिलेसम्म नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा राजधानी […]

पुरा पढ्नुहोस्
मोदी अभिनन्दनका लागि चिटिक्क पारियो सभागृह

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ। सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन्। सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ। सभागृहमा पनि रंग लगाइएको छ भने फूलको साजसज्जा त्यत्तिकै आकर्षक […]

पुरा पढ्नुहोस्
विश्वासको मत फिर्ता लिने राजपा तयारी, फोरम भन्छ– सम्झौता भए एक मिनेटमा मन्त्रीको नाम दिन्छौं

काठमाडौं । सरकारले मधेसवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको धेरै समय भइसक्यो । तर, यसले मूर्त रुप पाउन सकेको छैन ।  उपेन्द्र यादव नेतृत्वको फोरम र सरकारबीच मन्त्रालय भागवन्डामा कुरा मिलेको छैन । पछिल्लो केही महिनायता र वार्ता समेत हुन सकिरहेको छैन । राजेन्द्र महतो […]

पुरा पढ्नुहोस्
बजेटमा सर्वसम्मति

जनकपुरधाम : प्रदेश २ को सरकारले सदनमा प्रस्तुत गरेको विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले यो विधेयकअन्तर्गत १ अर्ब २ करोड ५ लाखको बजेट सदनमा प्रस्तुत गरेका थिए । कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले मन्त्रालयहरूको खर्चका लागि विविध शीर्षकमा छुट्याइएको ८९ लाख ६६ हजार बजेटमा ६ सय कटौतीको माग […]

पुरा पढ्नुहोस्
नीति तथा कार्यक्रम जेठ १, बजेट १५ मा

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसद्मा पेस गर्ने भएकी छन्। बजेट अधिवेशन वैशाख २३ बाट सुरु हुँदै छ। संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटका लागि कार्यतालिका बनाएको हो। जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संसद् सचिवालय स्रोतका अनुसार राष्ट्रपतिले जेठ १ मा सम्बोधनमार्फत सरकारको […]

पुरा पढ्नुहोस्
Scroll Up