राजपाका दुई विकल्पः सडक आन्दोलन कि सरकार ?

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी नेपाललाई सरकार या सकड आन्दोलनमध्ये एउटा रणनीति तय गर्न नेतृत्वमाथि दबाब परेको छ । राजपाको दुई दिनअघि सम्पन्न राजनीतिक समितिको बैठकमा केन्द्रीय नेताहरुले नेतृत्वलाई कि त सरकारमा जान, कि त सडक आन्दोलनमा लाग्नेबारे स्पष्ट हुन दबाब दिएपछि राजपा नेतृत्वले रणनीति तय गर्न बाध्य बनेको हो […]

पुरा पढ्नुहोस्
ठाकुर र महतो बीच भयो ‘भनाभन’ !

सकेपछि बैठकलाई निर्णायक बनाउनुपर्ने भन्दै महाधिवेशन तथा अन्य विषयमा निर्णय सार्वजनिक गर्नुपर्ने कुरालाई लिएर दुई गुटबीचमा भनाभनसमेत भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भएका छलफलका आधारमा राजनीतिक समितिको बैठकबाट निर्णय गर्नुपर्ने अडान लिएका थिए भने अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बैठकमा उठेका विषयहरूलाई ‘कम्पाइल’ गरेपछि मात्र अध्यक्षमण्डलको बैठकबाट निर्णय सुनाउनुपर्ने […]

पुरा पढ्नुहोस्
कांग्रेसलगायतका दलले गरेको आलोचनाको प्रतिवाद गर्न प्रधानमन्त्री द्वारा निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल कांग्रेस लगायतका दलको आलोचना बढ्दै गएकाले प्रतिवादन गर्न आग्रह गरेका छन् । ने क पाको स्थायी कमिटी बैठकमा उनले पार्टीका नेताहरुलाई यस्तो निर्देशन दिएका हुन् । सरकारले सकारात्मक काम गर्दा पनि त्यसलाई उचालेर विपक्षीहरु अघि बढ्न खोजेको बताउँदै त्यसको […]

पुरा पढ्नुहोस्
भारत र चीनसँग ओली लम्पसार परे, चीनबाट रेल आउँदैनः देउवा

२३ असार, रामेछाप । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको आरोप लगाएका छन् । उनले चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै भएको भन्दै आफ्ना सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाए । ‘पूर्ववती सरकारका निर्णय उल्ट्याएर सरकार मुठभेड निम्त्याउन खोजिरहेको […]

पुरा पढ्नुहोस्
नेपाल-भारत जलमार्ग सम्झौता कार्यान्वयन हुँदै

काठमाडौं : नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाललाई जलमार्गबाट जोड्ने सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न दुवै देशका अधिकारीहरूबीच छलफल हुने भएको छ। आगामी असार ३१ र ३२ काठमाडौंमा दुवै देशका छुट्टाछुट्टै संयन्त्रको संयुक्त बैठक बसी जलमार्गका सम्भावना, प्राविधिक तथा आर्थिक पक्ष र कुन नदीमा कस्तो खालको पानीजहाज चलाउन सकिन्छ भन्नेबारेमा विस्तृत छलफल हुने भएको हो। बैठकमा जलस्रोत, […]

पुरा पढ्नुहोस्
संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी, रोकियो चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक

१७ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सरकारले ‘चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक’ अगाडि बढाउन सकेन । अब २० असारपछि नियमित विधेयक आउने सम्भावना छ । ढिलो गरी प्रतिस्थापन विधेयक ल्याएको सरकारले नियम निलम्बन गरेर विधेयक अघि बढाएको थियो । तर, अध्यादेशका मूल विषयबस्तु नै हेरफेर गरेको भन्दै कांग्रेसले विरोध […]

पुरा पढ्नुहोस्
कांग्रेस रुपान्तरणको संकल्पसहित सभापति भेला सकिँदै

८ असार, हेटौंडा । कांग्रेस जिल्ला सभापतिहरूको भेला हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार सकिँदै छ । मंगलबारदेखि शुरु भेला बिहीबार नै सक्ने बताइए पनि जिल्लभा सभापतिहरु बोल्ने क्रम नसकिएकाले एक दिन लम्बिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको संकल्पसहितको घोषणा पत्र जारी गर्दै भेला सकिने जानकारी दिए । उनका अनुसार, घोषणापत्रमा पार्टीभित्र अनुशासन कसरी […]

पुरा पढ्नुहोस्
बालुवाटारमा नेकपा स्थायी समिति: चीन भ्रमणबारे ब्रिफिङ दिदै

 काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणका विषयमा पार्टी बैठकमा ब्रिफिङ गरेका छन्। एकीकृत पार्टी निर्माणपछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका एजेण्डा र हुन लागेको सम्झौताका विषयमा बैठकलाई ब्रिफिङ गरेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए। ‘प्रधानमन्त्री ५ असारबाट चीन भ्रमणमा जाँदै हुनुहुन्छ। पहिलो स्थायी समिति […]

पुरा पढ्नुहोस्
प्रचण्डले भने : अब कार्यकारी राष्ट्रपतीय प्रणाली

पोखरा :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा सोमबार  यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल सुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन […]

पुरा पढ्नुहोस्
नेकपाका तल्ला कमिटीमा यसरी एकीकरण

काठमाडौं : नेकपाले केन्द्रदेखि गाँउ तहसम्मका पार्टी कमिटी र जनवर्गीय संगठनको एकता तीन महिनाभित्र सक्ने कार्ययोजना बनाएको छ । केन्द्रमा केन्द्रीय विभाग, आयोगहरूको पूर्णताबाहेक अन्य सबै काम सकेको नेकपाले अब प्रदेश, जिल्ला हुँदै गाँउ तहसम्मका पार्टी कमिटी र जनसंगठनहरूको एकता प्रक्रिया अघि बढाएको हो । ‘तीन महिनाभित्र जनसंगठनहरूको एकतादेखि पार्टीका प्रदेश, जिल्ला कमिटी एकीकरण गर्ने प्रक्रिया […]

पुरा पढ्नुहोस्
सरकारको नीति तथा कार्यक्रम अस्पष्ट छ – देउवा

सरकारले सोमबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट नभएको बताएका छन् । संघीय संसदमा बुधबार सरकारका नीति तथा कार्यक्रममाथी भएको छलफलमा देउवाले यस्तो बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/७६का लागि नीति तथा कायक्रम प्रस्तुत गर्नेक्रममा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षका लागि आदारार्थी शब्द […]

पुरा पढ्नुहोस्
Scroll Up