रुवाइ

भनिन्छ जमाना यस्तो आउनेछ एकदिन मान्छे बाट संवेदना हाराउनेछ एकदिन मौनताको बाँध समयले फुट़ाउछ जरुर अनि सालिकले शक्ति देखाउनेछ एकदिन किरण चेम्जोङ्ग हाल द कोरिया

पुरा पढ्नुहोस्
गजल

  मान्छे,मान्छेहरू ,अन्तर हुदाे रहेछ । ढुङ्गा ,माटो, पत्थर हुदाे रहेछ । वर्षातकाे बेला बग्छन खहरे खाेलाहरू, खाेलाहरू सुकेपछि वगर हुदाे रहेछ। बगैचाकाे फूलहरू मात्र सुन्दर हुदैनन, जंगली फूल पनि सुन्दर हुदाे रहेछ। जताततै काेलाहलकाे अावाज चर्केपछि, जनजीवन र धर्तीलाई असर हुदाे रहेछ । यहाँ शिखरहरू छन,अनि महासागर छन, पृथ्वीमा उजाड ,पहाड ,पत्झर हुदाे रहेछ। […]

पुरा पढ्नुहोस्
साहस जुटाएर कबिता लेख्ने प्रयास गरियो… (सुदुर सम्झना)

एक अन्जुली फुल देउरालीमा चडाएर खाएको अनेक मायाका कसमहरु घाम जुन बनि बाच्ने तिम्रो बचन सप्पै सप्पै झुटा रैछन नागबेली सम्झना आँखामा छाती चिर्ने एउटा अमर अतित अनि धमिल यादहरु आज पनि तिमीलाई सम्झिन पुगेँ नासंझिने कसम खादै हजार पल्ट सम्झेको कसम बिर्सन नखोजेको पनि होइन याद मेट्न साहारा लिएका थुप्रै ठरा बोतलहरुको साची आँखामा […]

पुरा पढ्नुहोस्
गजल

देउता मानी पूजे उनको तस्बिर पनि थाहा हुन्न रैछ मान्छेको तकदिर पनि पत्थर जस्तै मुटुलाई टुक्रा पारी आज चुडाएर गयो मायाको जन्जिर पनि माया पाउन मात्र होइन सच्चा प्रेमीहरु बलिदान दिन्छन् प्रेमको खातिर पनि प्रेम युद्धमा पनि हार जित निश्चित छ अदालतमा फैसला हुन्न जिकिर पनि मणि अन्जान, पाँचथ हाल साउदी अरबिया 23 – 04 […]

पुरा पढ्नुहोस्
गजल

  जुनीजुनी तिम्रो हृदयको रानी बनौंला संसार हेर्ने ती आँखाका नानी बनौंला यो नाता यो साइनो, अमर रहिरहनेछ तिमी लेख किताब म कहानी बनौंला हराभरा फुल्नु पर्छ पिरतीका फूलहरू चैतको खडेरीमा शीतल पानी बनौंला हातमा हात मिठो साथ रहोस् निरन्तर म पनि सधैं असल अनि ज्ञानी बनौंला ।। सुगमता राई जापान

पुरा पढ्नुहोस्
प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा बिश्व काव्य गोष्ठी दक्षिण कोरियाको सोलमा भब्य

अनलाइन रेडियो गोर्खाली,दक्षिण कोरिया  जीवन भण्डारी मे ९ , जीवन भण्डारी मे ९ ,सौल । प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा बिश्व काव्य गोष्ठी दक्षिण कोरियाको सोलमा भब्यताका साथ मे ६ र ७ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा सम्पन्न गत उक्त सम्मेलनमा विभिन्न देशहरुबाट झण्डै एक दर्जन नेपाली साहित्यकारहरूको उपस्थिति […]

पुरा पढ्नुहोस्
कथा: छोरीको जिन्दगी

★ दिपा धिताल★ निता भर्खर सोह्र वर्षमा लागेकी थिई घरमा उसको बिहेको कुरा चलाइयो, उसले भनी म अँझै बिहे गर्दिन म धेरै पढ्न चाहन्छु । निताको कुरा सुनेर उसका बाबा आमाले भने – छोरी मान्छे बिहे गरेर जानुपर्छ उमेर पुगेपछि माइतीमै बस्यो भने समाजले कुरा काट्छ तैले अब बिहे गरेर जानैपर्छ । के गरोस निता […]

पुरा पढ्नुहोस्
कविता : पानीको गाँठो

  दिनेश अधिकारी~ कहाँनेर खुकुलिन्छ र, कहाँनेर कसिन्छ भनेर हेर्नेले छुट्याउनै नसक्ने पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा मैले त्यसलाई मात लागेको रातमा पनि भोगेको छु घात प्रतिघातका माझमा पनि भोगेको छु अथवा यसो पनि भन्न सकिन्छ यस सम्बन्धलाई – मेरा आँसु पिएर ऊ बाँचेकी छे भने मैले पनि त अहिले सम्म उसकै रगत […]

पुरा पढ्नुहोस्
मनोबिश्लेषणात्मक कथा : उ र मेरो दोष !!

~राजिव घिमिरे~ भाउजु, Company चाहिन्छ भने भनौं है ।‘ यो सुन्ने बित्तिकै मेरो होस ठेगानमा रहेन । रिसले कान राता भए । उठेर एक चड्कन लगाउन पनि सकिन । उ अझै म तिर हेर्दै थियो । कसरि सकेको होला भन्न । मेरो रिस बढ्दै गयो । मैले उसको त्यो कुटिल हेराई सहन सकिन । सोफा […]

पुरा पढ्नुहोस्
Scroll Up