‘साढे दुई लाखभन्दा बढी सिरियाली विस्थापित’

संयुक्त राष्ट्रसंघले भनेको छ, सिरिया सरकारले नयाँ आक्रमणहरू थालेपछि गत डिसेम्बरयता मात्रै साढे दुई लाखभन्दा बढी सिरियालीहरू देशको उत्तर-पश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन्। विस्थापितमध्ये धेरैजसो परिवारहरू अस्थायी पालमा चिसो र सुक्खा हिउँदमा बाँचिरहेका छन्। राष्ट्रसंघको सहायता निकायकी वरिष्ठ अधिकारी अर्स्युला मुलरले भनिन्, “दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र लडाइँका […]

पुरा पढ्नुहोस्
‘डान्स क्लब’मा १४ को हत्या

ब्रसिलिया : ब्राजिलको फोर्टालेसा शहरस्थित एक ‘डान्स क्लब’ (नृत्य सहितको रेस्टुराँ) मा अज्ञात व्यक्तिले गरेको गोली प्रहारमा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा १४ जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । फोर्रो डो गागो नामक डान्स क्लबमा अत्यधिक भ्रीड भएका बेला शनिबार एकाबिहानै सहभागीलाई लक्षित गरेर गोली चलेको थियो । प्रत्यक्षदर्शीहरूले स्थानीय ग्लोबो […]

पुरा पढ्नुहोस्
कार बम विस्फोटमा ३० भन्दा बढीको मृत्यु

बेनगाजी : लिबियाको दोस्रो ठूलो सहर बेनगाजीमा दुईवटा कारबम विस्फोट हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । जेहादीहरूले गराएको विस्फोटनमा दर्जनौं घाइते भएको पनि चिकित्सा अधिकारीले बुधबार जानकारी दिएका छन् । मंगलबार बेलुकाको प्रार्थनापछि आक्रमणकारीले हमला गरेका हुन् । अन्य शहरभन्दा शान्त मानिने बेनगाजी गत वर्ष जुलाईमा जिहादी समूहबाट मुक्त घोषणा भएको थियो । […]

पुरा पढ्नुहोस्
स्कुलमा गोली चल्दा २ को मृत्यु

बेन्टन : अमेरिकाको केन्टुकी राज्यमा विद्यालयमा गोली प्रहार हुँदा २ जना विद्यार्थीको मृत्यु भएको छ । १५ वर्षीय विद्यार्थीले गोली प्रहार गरेको स्कुल प्रशासनले जनाएको छ । गोली लागेर १९ जना घाइते भएका छन् । विद्यालयमा गोली चल्न थालेपछि छात्रछात्रा भागाभाग गर्न शुरु गरेका थिए । कैयौं विद्यार्थी गाडीमा लुकेका थिए । एक माइलसम्म विद्यार्थी […]

पुरा पढ्नुहोस्
किन जलाइयो दक्षिण कोरियामा किमको फोटो र उत्तर कोरियाको झण्डा ?

सोल : शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा उत्तर कोरियाले भाग लिने निश्चित भएपछि मंगलबार दक्षिण कोरियामा विशालर्‍याली प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा उनीहरूले उत्तर कोरियाली नेता किम जोङ उनका तस्बिर र उत्तर कोरियाका झण्डा जलाएका छन्। उक्त कार्यको उत्तर कोरियाले भत्र्सना गरेको छ। उत्तर कोरियाले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)मा लेख प्रकाशित गर्दै यस्ता कार्य वार्ता भाँड्ने […]

पुरा पढ्नुहोस्
‘जाँचबुझकर्ताले ट्रम्पसँग सोधपुछ गर्ने’

अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष जाँचबुझकर्ताले अबको केही सातामा राष्ट्रपति डोनल्ड ट्रम्पसँग सोधपुछ गर्न खोजेका छन्। वासिङ्टन पोष्ट पत्रिकाका अनुसार रोबर्ट मलरको टोलीले राष्ट्रपति ट्रम्प अथवा उनको प्रशासनका कसैले अनुसन्धानमा बाधा पुर्याउन खोजेको छ कि छैन भनेर प्रश्न गर्नेछ। जाँचबुझ टोलीले खासगरी संघीय जाँचब्यूरोका निर्देशक जेम्स कोमीलाई […]

पुरा पढ्नुहोस्
प्रसिद्ध ज्याज संगीतकार मासकेलाको निधन

दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको जोहानेस्बर्गस्थित एक अस्पतालमा निधन भएको छ। उनी ७८ वर्षका थिए। लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमार्फत् जनाएको छ।पृथक अफ्रिकी-ज्याज धुनका लागि र ‘सोएटो ब्लुज’जस्ता चर्चित गीतहरुबाट मासकेलाले विश्वव्यापी ख्याति कमाएका थिए। सन् १९७७ मा मासकेलाले लेखेको ‘सोएटो […]

पुरा पढ्नुहोस्
उत्तर कोरियाली प्रतिनिधिमण्डल दक्षिणमा

आगामी महिना शीतकालीन ओलिम्पिक्स हुने स्थलहरूको निरीक्षण गर्ने एक महत्त्वपूर्ण भ्रमणका क्रममा एउटा उत्तर कोरियाली प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको छ। लोकप्रिय मोराङबोङ् महिला ब्याण्डकी नेतृ तथा उत्तर कोरियामा ख्याति कमाएकी ह्युन सङ-वोलले सो प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन्। दुई वर्षयता पहिलो पटक भएको उच्चस्तरीय वार्तापछि उत्तर कोरियाले शीतकालीन ओलिम्पिक्समा आफ्नो एउटा टोली पठाउने सहमति जनाएको थियो। उत्तर […]

पुरा पढ्नुहोस्
काबुल आक्रमणमा १८ को मृत्यु

काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित पाँचतारे होटलमा तालिबान लडाकुले आत्मघाती आक्रमण गर्दा १८ जनाको ज्यान गएको छ । अफगान गृह मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार राति गरिएको आक्रमणमा कैयौं घाइते भएका छन् भने १५० भन्दा बढीलाई उद्धार गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामक पाँचतारे होटलमा विस्फोटक पदार्थ जडित ज्याकेट (आत्मघाती ज्याकेट) लगाएका र […]

पुरा पढ्नुहोस्
मलाई गलत ढङ्गले प्रस्तुत गरियोः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई ‘पूर्ण रूपमा गलत ढङ्गले प्रस्तुत गरिएको’ बताएका छन्। गत हप्ता ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो। तर उनले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका छन्। कम उमेरका गैरकानूनी आप्रवासीलाई रोक्नका निम्ति गर्न लागिएको एउटा सम्झौता प्रयासमा आफूमाथि लगाइएको आरोपले […]

पुरा पढ्नुहोस्
आप्रवासीबारे ट्रम्पद्वारा अशिष्ट भाषा प्रयोग

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदलीय सहमतिका आधारमा ल्याइएको आप्रवासन सम्बन्धी एउटा सम्झौताको प्रस्ताव खारेज गर्ने क्रममा हेइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गरेका छन्। ह्वाइट हाउसमा सांसदहरूसँग भएको बैठकका क्रममा ट्रम्पले किन ती देशका मानिसहरूलाई आफ्नो देशमा आउन दिनुपर्यो भनि प्रश्न गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको बैठकका क्रममा उनले प्रयोग गरेको अशिष्ट […]

पुरा पढ्नुहोस्
Scroll Up