इजिप्टमा भएको हमलामा १५० भन्दा धेरैको मृत्यु

इजिप्टको सिनाइ प्रायद्विपस्थित एक मस्जिदमा विद्रोहीहरुद्वारा गरिएको आक्रमणमा परि कम्तीमा १५० जनाको मृत्यु भएको छ। अन्य १२० जना घाइते भएका छन्। आक्रमणमा पर्नेहरुमा पुरुष, महिला तथा बालबालिका पनि थिए। सरकारी समाचार एजेन्सीका अनुसार बन्दूकधारीहरुले उत्तरी गाउँ अल रावडामा रहेको सो मस्जिदमा प्रवेश गरि बम पड्काएका थिए। घाइतेको उद्दारका लागि आएका एम्बुलेन्सहरुमाथि पनि तिनले गोली चलाउन जारी […]

पुरा पढ्नुहोस्
मनाङगाग्वा जिम्बाब्वेका नयाँ राष्ट्रपति

जिम्बाब्वेका नवनियुक्त राष्ट्रपति एमरसन मनाङगाग्वाले पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले राष्ट्रनिर्माणमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरेका छन्। शपथ लिएपछि राजधानी हरारेस्थित खचाखच भरिएको रंगशालामा आफ्नो उदघाटन भाषण गर्दै उनले मुगाबेलाई आफ्नो गुरु तथा मित्र भनेका छन्। अल्पसंख्यक गोराको स्वामित्वमा रहेका जमिन खोस्ने मुगाबेको विवादास्पद नीतितर्फ संकेत गर्दै उनले अब त्यो उल्टिन नसक्ने बताए। उनले ती जमिनका […]

पुरा पढ्नुहोस्
एक करोड डलर मूल्य तोकिएका नेता रिहा

अमेरिकाले एक करोड डलर मूल्य इनाम घोषणा गरेका पाकिस्तानका एक जना उच्च इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएका छन्। संयुक्त राज्य अमेरिका र भारतले ९ वर्षअघि १ सय ६० जना भन्दा बढी मारिने गरी भारतको मुम्बइ शहरमा भएका श्रृखंलाबद्ध आक्रमण सहितका उग्रवादी गतिविधिको योजना बुनेको आरोप सइदमाथि लगाउँदै आएका छन्। उनले नेतृत्व […]

पुरा पढ्नुहोस्
जिम्बाब्वेले 'शुक्रबार नयाँ राष्ट्रपति पाउने'

जिम्बाब्वेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गाग्वालाई शुक्रबार देशको नयाँ राष्ट्रपतिको रुपमा शपथ दिलाइने त्यहाँको संसदका सभामुखले बताएका छन्। दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई भेटेर जिम्बाब्वे फर्किएका मनाङगाग्वालाई स्वागत गर्न विमानस्थलबाहिर ठूलो भीड जम्मा भएको थियो।दुई साता अघि उनलाई अपदस्थ गरिएपछि सेनाले जिम्बाब्वेको सत्ता आफ्नो हातमा लिएको थियो। सत्तारुढ जानु-पीएफ पार्टीका अनुसार मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि […]

पुरा पढ्नुहोस्
मुगाबेको राजीनामासँगै जिम्बाब्वेमा खुसियाली

जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामापछि सडकमा जम्मा भएर मानिसहरुले खुसियाली मनाइरहेका छन्। मुगाबेलाई हटाउन संसद्‍मा महाभियोग प्रकिया शुरु भए लगत्तै उनले अप्रत्यासित राजीनामा दिएका थिए जसबारे सभामुखले संसद्‍मा पत्र पढेर सुनाएका थिए। सांसदहरुले ठूलो आवाज निकालेर उक्त घोषणालाई अनुमोदन गरेका थिए र तत्कालै स्वत: स्फूर्त रुपमा मानिसहरु खुसियाली मनाउन सडकमा निस्किएका थिए। मुगाबेले आफ्ना उपराष्ट्रपति एमरसन […]

पुरा पढ्नुहोस्
‘गुची ग्रेस’ जसका लागि मुगावेले आफ्नो शासन दाउमा राखे

रोबर्ट मुगावे चकित होलान्! जिम्बावेका ९३ वर्षीय राष्ट्रपति मुगावे संसारकै बढी उमेरका राष्ट्रप्रमुख हुन्। झन्डै चार दशकदेखिको उनको अकन्टक शासन यतिबेला धर्मराएको मात्र छैन, सकिने क्रममा छ। त्यसको एउटै कारण हो, पत्नीलाई उत्तराधिकारी बनाउने उनको महत्वाकांक्षा। यही महत्वाकांक्षा चुलिएपछि सत्तारुढ दल जानु–पिएफले सोमबार मुगावेलाई पार्टी नेतृत्वबाट अपदस्थ गर्यो। उनलाई आफ्नो शासन र सुरक्षाप्रति रत्तिभर शंका थिएन। […]

पुरा पढ्नुहोस्
जर्मनीमा गठबन्धन बनाउने वार्ता ‘भङ्ग’

जर्मनीमा खुला बजार पक्षधर उदारवादी दल एफडीपीले अलग हुने निर्णय लिएपछि गठबन्धन सरकार बनाउनेसम्बन्धी वार्ता भङ्ग भएको छ। एफडीपीका नेता क्रिष्टेन लिन्ड्नरले चान्सलर एंगेला मर्केलको अनुदारवादी सीडीयु/सीएसयु गठबन्धन र द ग्रीन्ससँग ‘विश्वासको कुनै आधार’ नभएको बताएका छन्। अब के हुन्छ भन्ने कुरा अस्पष्ट छ तर मर्केलले राष्ट्रपतिलाई भेट्दैछिन् जोसँग समयअगावै चुनाव आह्वान गर्ने अधिकार छ। मर्केलको […]

पुरा पढ्नुहोस्
जिम्बाब्बेका राष्ट्रपति मुगावे पार्टीको नेताबाट बर्खास्त

४ मंसिर, काठमाडौं । जिम्बाब्बेको सत्तारुढ पार्टी जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको छ । सो पार्टीले मुगाबेलाई राष्ट्रपति पदबाट राजीनामा दिन पनि एक दिनको समयसीमा दिएको छ । जानु पीएफ पार्टीले मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गर्दै पूर्व उपराष्ट्रपति इमर्सन मन्गावालाई नयाँ नेताको रुपमा नियुक्त गरेको छ ।जिम्बाब्बेमा मुगाबेविरुद्ध प्रदर्शन भएको भोलिपल्ट […]

पुरा पढ्नुहोस्
मुगाबेको भविष्य ‘निर्क्योल गर्ने’ बैठक

जिम्बाब्वेमा आइतवार दुईवटा महत्त्वपूर्ण बैठकहरु बस्न लागेका छन्, जसले राष्ट्रपति रोबर्ट मुगाबेको भविष्यबारे निर्क्योल गर्न सक्छन्।अबका केही घण्टामा मुगाबेले गत बुधवार सत्ता हत्याएका सेनाका वरिष्ठ अधिकारीहरुसँग वार्ता गर्नेछन्, जहाँ उनीहरुले मुगाबेलाई राजीनामा दिन आह्वान गर्ने अपेक्षा गरिएको छ। सत्तारुढ जानु-पीएफका नेताहरुले मुगाबेलाई पार्टी प्रमुखबाट हटाउने विषयमा पनि छलफल गर्नेछन्। राष्ट्रपतिको राजीनामा माग गर्दै शनिवार जिम्बाब्वेका […]

पुरा पढ्नुहोस्
जिम्बाब्बेमा संवैधानिक समाधान खोज्ने प्रयास

हरारे : जिम्बाब्बेमा सेनाको ‘कू’पछि उत्पन्न राजनीतिक संकट समाधान गर्न दक्षिण अफ्रिकाले पठाएका मन्त्रीले सेनाको नजरबन्दमा रहेका त्यहाँका राष्ट्रपति रबर्ट मुगाबे र सैन्य नेताहरूसँग वार्ता गरी संकट समाधानको गरिरहेका छन्। उनीहरू मुगाबे र सैनिक नेतृत्व दुवै सहमत हुने सम्झौता गर्न प्रयासरत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सम्झौताले मुगाबे र जिम्बाब्बेको भविष्य तय गर्ने छ। अफ्रिकाको […]

पुरा पढ्नुहोस्