फ्लिनको रुससँगको कुराकानी "कानूनसम्मत"

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका पूर्व सुरक्षा सल्लाहकार माइकल फ्लिनले दोष स्वीकारेका प्रति प्रतिक्रिया दिँदै आफ्नो संक्रमणकालीन समूहका एक सदस्यका रुपमा फ्लिनले गरेका काम “कानूनसम्मत” थिए भनेका छन्। फ्लिनले एउटा सहमति गरेर रुससँगको आरोपित साठगाँठबारे भइरहेको अनुसन्धानमा सहयोग पुर्याउने बताएका छन्। उक्त सहमति गरेका कारण उनले पाउनसक्ने सजायमा कटौती हुने व्यवस्था छ। सजाय कम गर्ने […]

पुरा पढ्नुहोस्
उत्तर कोरियासँग सम्बन्ध विच्छेद गर्न अमेरिकी आग्रह

अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न “सबै मुलुकसँग” आग्रह गरेको छ। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्‌मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले राष्ट्रपति ट्रम्पले उनका चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न भनेको बताइन्। अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया “नराम्ररी ध्वस्त” हुने उनले बताइन्। दुई महिनापछि प्योङयाङले फेरि क्षेप्यास्त्र परिक्षण गरेपछि […]

पुरा पढ्नुहोस्
युद्ध अपराधीद्वारा अदालतमै ‘विष’ सेवन

पूर्व युगोस्लाभियाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणका अन्तिम फैसला दिने कार्य‚ ‌६ मध्ये एक बोज्नियाली क्रोयट कैदीले अदालतभित्रै विष भन्दै तरल पदार्थ पिएपछि उत्पन्न नाटकीय घटनाका माझ स्थगन गरिनु परेको छ। स्लोबोदान प्राल्याकले‚ उनलाई पहिला सुनाइएको २६ वर्षे सजाय यथावत राख्ने निर्णय सुनाए लगत्तै, सानो गिलासबाट विष भनिएको तरल पदार्थ पिएका थिए। म्लाडिच मानवता विरोधी अपराधमा […]

पुरा पढ्नुहोस्
‘नयाँ क्षेप्यास्त्र अमेरिकाको जुनसुकै ठाउँमा पुग्नसक्छ’

एउटा नयाँ क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको जनाएको छ। ‘सी अफ जापान’मा खस्नुअघि एक हजार किलोमिटर मात्र यात्रा गरेको उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो संकेत दिएको विज्ञहरुले बताएका छन्। दुई महिनायता पहिलो पटक गरिएको सो क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति ट्रम्पले हालैको […]

पुरा पढ्नुहोस्
नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले पाएको एउटा पदक किन खोसियो ?

काठमाडौं : अल्पसंख्यक रोहिंग्या समुदायमाथि भएका हिंसाका घटनाहरूमा मौन बसेपछि आलोचित भएकी नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले पाएको एउटा पदक खोसिएको छ। लोकतन्त्रका लागि लामो संघर्ष गरेबापत् सन् १९९७ मा उनलाई ‘फ्रिडम अफ द सिटी’ पदक प्रदान गरिएको थियो। यो पदक वितरण गर्ने अक्सफोर्ड सिटी काउन्सिलले भनेको छ, हिंसाप्रति आँखा चिम्लनेलाई ऊ सम्मान गर्न चाहँदैन। सुकी […]

पुरा पढ्नुहोस्
राजकुमार ह्यारीको मार्कलसंग विवाह पक्का

राजकुमार ह्यारीले नायिका रहेकी उनकी अमेरिकी महिला मित्र मेगन मार्कलसँग विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले घोषणा गरेको छ। राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी बसन्त याममा मार्कलसँग विवाह गर्ने छन् र विवाहपश्चात् उनीहरु केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने छन्। ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को […]

पुरा पढ्नुहोस्
इस्लामाबादमा भिडन्त, १४१ घाइते

इस्लामाबाद : पाकिस्तानको राजधानी इस्लामाबादम प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा १४१ जना घाइते भएका छन्।इस्लामाबादको नजिकै फैजाबाद इन्टरचेन्जमा इस्लामिक संगठन तहरिक-ए-लब्बैक (टीएलपी) र सुन्नी तहरीकले विगत २० दिनदेखि प्रदर्शन गर्दै आएका थिए। उनीहरूको धर्ना र प्रदर्शन असफल बनाउन शनिबार बिहानै सुरक्षाकर्मीले कारबाही शुरु गरेको थियो। पाकिस्तान सुरक्षाबलले धर्ना बसेका प्रदर्शनकारीलाई तितरबितर गर्न बल प्रयोग गरेको थियो। […]

पुरा पढ्नुहोस्
मुगाबेले बाँचुञ्जेल मासिक डेढ लाख डलर तलब पाउने

गत हप्ता राजीनामा दिएका जिम्वाबेका शासक रोर्बट मुगाबेलाई सरकारले बाँचुञ्जेल मासिक डेढ लाख डलर तलब दिने भएको छ। यो उनले राष्ट्रपति हुँदा पाइरहेको तलब बराबर हो। मुगाबेले राजीनामा दिनुअघि भएको सहमतिमा सरकारले उनलाई  एकमुष्ट रूपमा पनि रकम उपलब्ध गराउने उल्लेख छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुगाबेले ‘गोल्डेन ह्यान्डसेक’ रूपमा  १ करोड डलरभन्दा बढी रकम पाउने बताएका […]

पुरा पढ्नुहोस्
इस्लामाबादमा सेना परिचालनको आदेश

पाकिस्तान सरकारले राजधानी इस्लामाबादमा इस्लामवादीहरुको प्रदर्शनका क्रममा हिंसा चर्किएपछि सेनालाई परिचालित हुन भनेको छ। फैजाबादस्थित एउटा प्रमुख राजमार्गमा धर्ना दिइरहेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोज्दा करिब २ सय जना घाइते भएका छन्। कैयौँको ज्यान गएको बताइएको छ। ईश्वर निन्दा गरेको आरोपमा कानूनमन्त्री जाहिद हामिदको राजीनामा माग गर्दै प्रदर्शनकारीले कैयौँ हप्तादेखि राजमार्ग अवरुद्ध पार्दै आएका छन्। पाकिस्तानी […]

पुरा पढ्नुहोस्
इजिप्टमा भएको हमलामा १५० भन्दा धेरैको मृत्यु

इजिप्टको सिनाइ प्रायद्विपस्थित एक मस्जिदमा विद्रोहीहरुद्वारा गरिएको आक्रमणमा परि कम्तीमा १५० जनाको मृत्यु भएको छ। अन्य १२० जना घाइते भएका छन्। आक्रमणमा पर्नेहरुमा पुरुष, महिला तथा बालबालिका पनि थिए। सरकारी समाचार एजेन्सीका अनुसार बन्दूकधारीहरुले उत्तरी गाउँ अल रावडामा रहेको सो मस्जिदमा प्रवेश गरि बम पड्काएका थिए। घाइतेको उद्दारका लागि आएका एम्बुलेन्सहरुमाथि पनि तिनले गोली चलाउन जारी […]

पुरा पढ्नुहोस्