ट्रम्प–पुटिनको भेटपछि अमेरिकामा जासुसीको आरोपमा रुसी महिला पक्राउ

बीबीसी- अमेरिकी सरकारले २९ वर्षकी एक रुसी महिलालाई जासुसी गरेको आरोपमा पक्राउ गरेको छ । ती महिलालाई रुसी सरकारको एजेन्टको रुपमा राजनीतिक समूहमा घुसपेठको षड्यन्त्र रचेको आरोप लागेको छ । अमेरिकी मिडियाको रिपोर्ट अनुसार मारिया बुटिना नामकी यी महिलाले रिपब्लिकन पार्टीसँग नजिकिएकी थिइन् र बन्दुक राख्न पाउने अधिकारको वकालत गरिरहेकी थिइन् । यो मामला विशेष काउन्सल रोबर्ट […]

पुरा पढ्नुहोस्
उत्तरी थाइल्याण्डमा गुफामा फसेका १३ मध्ये चार बालकको उद्धार

२४ असार, काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जनालाई सुरक्षित बाहिर निकालिएको छ । बाँकीको उद्दार भोलि गर्ने तयारी छ । गुफामा पानी बढ्न सक्ने आशंकामा जोखिम मोलेर आइतबार विहान स्थानीय समयअनुसार विहान १० बजे उद्दार थालिएको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार बालकलाई सकुशल बाहिर ल्याइएको छ । उनीहरुलाई अस्पताल […]

पुरा पढ्नुहोस्
चीन र अमेरिकाबीचको ‘व्यापार युद्ध’ले कसलाई कति असर पर्छ ?

संसारका सबैभन्दा ठूला दुई अर्थव्यवस्थाले एकअर्का विरुद्ध युद्ध घोषणा गरे के हुन्छ ? हुन त अहिले अमेरिका र चीनबीच असली युद्ध शुरु भएको होइन तर शुक्रबारबाट दुईबीच व्यापारिक युद्ध शुरु भएको छ । माहोल हेर्दा यो युद्ध अझै खराब हुन सक्ने देखिन्छ । अमेरिकाले चीनबाट आफ्नो देशमा आउने सामानमाथि अत्यधिक भन्सार लगाउने निर्णय गरेर शुरु […]

पुरा पढ्नुहोस्
भ्रष्टाचार मुद्दामा मलेसियका पूर्वप्रधानमन्त्री रज्जाक पक्राउ

काठमाडौँः भ्रष्टाचार गरेको अभियोगमा मेलिसयाका पूर्वप्रधानमन्त्री नजीव रज्जाकलाई त्यहाँको भ्रष्टाचारविरोधी आयोगले मंगलबार पक्राउ गरेको छ । उनलाई भ्रष्टाचार विरोधी आयोगले स्थानीय समयानुसार मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा घरैबाट पक्राउ गरी हिरासतमा लिएको हो । रज्जाकका परिवारका अनुसार उनलाई पक्राउ पुर्जी दिएपछि घरैबाट उठाएर हिरासतमा राखिएको हो । रज्जाकविरुद्ध आयोगले सरकारी निकाय  एसआरसी इन्टरनेशनलबाट आफ्नो खातामा रकम सारेको […]

पुरा पढ्नुहोस्
एकै ठाउँमा ११ शव झुण्डिएको अवस्थामा फेला परे, मृतक सबै एउटै परिवारका

१७ असार, काठमाडौं । नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ । बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबै जना एकै परिवारका सदस्य […]

पुरा पढ्नुहोस्
अमेरिकाको एक पत्रिकाको कार्यालयमा गोली चल्याे, ५ जनाकाे मृत्यु

१५ असार, काठमाडौं । अमेरिकाको मेरिल्याण्डस्थित एक पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् ।क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् । गोली लागेर पाँच जनाको मृत्यु भएको र अरु केही घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले पत्रिकामाथि नै लक्षित गरेर आक्रमण भएको जनाएको छ, […]

पुरा पढ्नुहोस्
टर्कीको राष्ट्रपतिमा एर्दोगान विजयी

११ असार, काठमाडौं । टर्कीको राष्ट्रपतिमा रजेप तैयप एर्दोगान विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । चुनावी नतिजापछि बोल्दै एर्दोगानले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् । आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने परिपाटी टर्कीमा छ । […]

पुरा पढ्नुहोस्
सिरियामा युद्धविराम गर्न अमेरिकी आह्वान

न्युयोर्क : अमेरिकाले सिरियामा युद्धविराम कायम गर्न रूसलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलीले सिरियाको दक्षिण पश्चिम भागमा युद्धविराम कायम गर्न रूसले दबाब दिनुपर्ने माग गरेकी छन् । गतवर्ष जोर्डन, रूस र राष्ट्रसंघ यस विषयमा सहमत भएका थिए । डेरा, क्युनेत्रा र स्विडा जस्ता भूभाग मिलाएर विशेष क्षेत्र बनाउने र […]

पुरा पढ्नुहोस्
काश्मिरमा भिडन्त, सुरक्षाकर्मीसहित ६ जना मारिए

श्रीनगर, काश्मीर: भारत नियन्त्रित काश्मीरमा भएको गोली हानाहानमा परी शुक्रबार कम्तीमा ६ जना मारिएका छन् । मारिनेमा चार जना लडाकू, एक जना प्रहरी र एकजना आमनागरिक रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा भएको झडपका क्रममा अरू कैयौँ व्यक्ति घाइते भएका छन् । श्रीनगरदेखि ५९ किलोमिटर टाढा पर्ने श्रीगुफ्वाराको न्युशेरा भन्ने ठाँउमा […]

पुरा पढ्नुहोस्
पहाड काटेर विमानस्थल बनाउँदैछन् चिनियाँ कामदार !

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल । चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर नयाँ विमानस्थल निर्माण गरिरहेका छन् । अर्ब ६४ करोड युआन […]

पुरा पढ्नुहोस्
न्युजिल्याण्डको प्रधानमन्त्री जेसिकाले पहिलो सन्तानलाई जन्म दिइन्

काठमाडौं । न्युजिल्याण्डको प्रधानमन्त्री जेसिन्डा एर्डेनले ३७ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छन् । यससँगै उनी पदमा रहेको बेला बच्चा जन्माउने न्युजिल्याण्डको पहिलो प्रधानमन्त्रीसमेत बनेकी छन् । प्रधानमन्त्री एर्डेन आफ्नो पार्टनर क्लार्क गेफोर्डको साथमा बिहीबार बिहान अकल्याण्ड सिटी हस्पिटलमा पुगेकी थिइन् । डाक्टरले दिएको डेटभन्दा चार दिन पछि बच्चा जन्माएकी एडेर्नले आफ्नो बच्चाको लिंग […]

पुरा पढ्नुहोस्
Scroll Up