धेरैले किन्ने मोटरसाइकलकै मूल्य ३० हजारसम्म बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । यसले मूल्य बढ्ने त निश्चित छ । तर, प्रश्न छ कति ? किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । त्यसमा पनि १५० देखि २२० सीसीसम्मका मोटरसाइकल धेरैको पहुँचमा छ । तर, बजेटले त्यही मोटरसाइकलको मूल्य बढाएको छ । यसमा […]

पुरा पढ्नुहोस्
१३ खर्ब १५ अर्बको बजेट, आर्थिक वृद्धि ८ प्रतिशत प्रक्षेपण (पूर्ण पाठसहित)

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७५–०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते अर्थात् आज (मंगलबार) संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । मुलुक संघीय संरचनामा गएपछिको यो पहिलो बजेट हो […]

पुरा पढ्नुहोस्
आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट आज, जलमार्ग र रेल प्राथमिकतामा

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको १५ खर्बको बजेट सिलिङ वरिवरि रहेर बजेट सार्वजनिक हुन लागेको हो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको […]

पुरा पढ्नुहोस्
चालू आर्थिक वर्षको मूल्यवृद्धि र आर्थिक वृद्धि ६-६ प्रतिशत रहने अनुमान

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७४÷०७५ को समग्र स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण सदनमा पेश गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको हालसम्म भएका आर्थिक गतिविधि तथा समग्र आर्थिक अवस्थासहितको सर्वेक्षण पेस गरेका हुन् । सर्वेक्षणअनुसार चालू आर्थिक बर्षको मूल्यवृद्धि ६ प्रतिशतमा कायम रहने र आर्थिक बृद्धि ५ दशमलव ९ रहने अनुमान […]

पुरा पढ्नुहोस्
डेढ दशकपछि राजबिराजको विमानस्थलमा उत्रियो विमान

९ जेठ, काठमाडौं । झण्डै डेढ दशकदेखि बन्द सप्तरीको राजबिराज विमानस्थल बिहिबारदेखि सञ्चालनमा आउने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थलमा १५ सय मिटरको रन-वे पिच गर्ने काम दुई वर्षअघि सुरु भएको थियो । करिब ०६० सालबाट बन्द भएको राजबिराज विमानस्थल बन्द भएको १५ वर्षपछि सञ्चालनमा आउन लागेको हो । १४ वर्षअघि पिच नभएको अवस्थामा रहेको […]

पुरा पढ्नुहोस्
सोलु करिडोर प्रसारणलाइनः समयमै काम सम्पन्न नभए हर्जाना तिनुपर्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोर १ सय ३२ केभी प्रसारणलाइन आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन र प्रसारणलाइनको निरीक्षण गरेको थियो । टोलीले शुक्रबार, शनिबार र आइतबार स्थलगत निरीक्षण गरेपछि आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएका […]

पुरा पढ्नुहोस्
नाै महिनामा रेमिट्यान्स अाम्दानी साढे पाँच खर्ब पुग्याे

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाली कामदारले पठाउने रेमिट्यान्स (विप्रेषण) मा केही महिनायता सुधार आएको जनाएको छ। कामदारहरूले औपचारिक माध्यमबाट पैसा पठाउने क्रममा वृद्धि हुनु सुधारको एउटा कारण भएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। केही समयअघिसम्म ओरालो लाग्न थालेको रेमिट्यान्स आम्दानी चालू आर्थिक वर्षको नौ महिनामा आइपुग्दा झण्डै ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले […]

पुरा पढ्नुहोस्
१० अंक घट्यो नेप्से

सोमबार नेप्से दोहोरो अंक घटेको छ । १० दशमलव २८ अंक घटेर परिसुचक १३३८ दशमलव १७ मा झरेको छ । एक सय ६३ कम्पनीका एक लाख सात हजार ७ सय ६४ कित्ता शेयर ६ हजार पाँच सय ८८ पटक खरिदबिक्रि हुँदा साढे ४२ करोड कारोबार भएको छ । होटल, उत्पादनमुलक र अन्य समुहमा भने नेप्से […]

पुरा पढ्नुहोस्
वैशाखमा पानी पर्दा विद्युत उत्पादन घट्यो

कुलेखानी चलाइयो, बिजुली आयात बढ्यो २१ वैशाख, काठमाडौं । पानी पर्दा खोलामा पानी बढ्ने र विद्युत उत्पादन झनै बढ्ने आम मानिसहरुको बुझाइ छ । तर, वैशाखमा परेको यो पानीले झनै विद्युत् उत्पादन घटाएको देखिन्छ । केहीदिनयता नियमित रुपमा पानी पर्ने र बादल लाग्ने भइरहेको छ । यसरी पानी पर्दा तापक्रम पनि घटेको छ । हिमाली क्षेत्रमा […]

पुरा पढ्नुहोस्
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन कार्यालयमा तालाबन्दी

सुर्खेतः राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोजना निर्माणका क्रममा स्थानीयाबसी र कामदारबीचको सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार तालाबन्दी गरिएको हो । आयोजनाबाट प्रभावित र मजदुृरहरुसँग भएका सहमति कार्यान्वयनमा बेवास्ता गरेको भन्दै भेरीगंगा नगरपालिका–५ हात्तिखालस्थीत आयोजनाको कार्यालयमा तालान्दी गरिएको हो । विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित स्थानीयबासीहरुका तर्फबाट सरोकार समिति र मजदुर […]

पुरा पढ्नुहोस्
Scroll Up