मिन बि क किम्पो -दक्षिण कोरिया- दक्षिण कोरियास्थित किम्पो क्षेत्रमा रहेका नेपालीहरुको क्रियाशील सस्था Creative Ambition Nepal (CAN)

मिन बि क किम्पो -दक्षिण कोरिया-

दक्षिण कोरियास्थित किम्पो क्षेत्रमा रहेका नेपालीहरुको क्रियाशील सस्था Creative Ambition Nepal (CAN) को दोस्रो साधारणसभा दिपक गौतमलाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ। किम्पोको इजेनमा रहेको विदेशी नागरिक सहयोग केन्द्र मा सम्पन्न कार्यक्रमबाट साधारणसभा संयोजन समिती ले प्रस्तावित गरेको दिपक गौतमको अध्यक्षतामा १५ सदस्यीय समितिलाइ साधारणसभाले सर्वसम्मतले पारित गरेको छ ।

रेखी गुरुङ , गेल्बु शेर्पा , गजेन भट्ट र खिमराज खरेल को संयोजन समितिले किम्पो क्षेत्रमा रहेका झण्डै २५०० नेपालीको प्रतिनिधित्व हुनेगरी १५ सदस्यीय समितिको साधारणसभा समक्ष प्रस्ताव पेश गरेको थियो । युवा पुस्ताको बाहुल्यता रहेको उक्त कार्यसमितीमा अध्यक्ष दिपक गौतमका साथमा उपाध्यक्षद्वय दिपेश सिलवाल र खिमराज खरेल चयन हुनुभएको छ । त्यस्तै सचिवमा पदम चाम्लिङ , सह सचीवमा खुवल गौतम तथा कोसाध्यक्षमा कुमार बोहोराका साथमा सदस्यहरु राम फुयाल , रुपेश थापा, युगल लिम्बु , मच्छिन्द्र पम्फु , भेषराज राइ , कमल थापा , सुदर्शन चेम्जोङ , किरण चेम्जोङ , उमेश कार्की र रबिन राइ रहनुभएको छ ।

त्यसैगरि निवर्तमान अध्यक्ष रोहित गुरुङ लाइ संरक्षकमा राखिएको छ भने सल्लाहकारहरुमा गजेन भट्ट , रेखे गुरुङ , गेल्बु शेर्पा , लक्ष्मी श्रेष्ठ र बालकृष्ण बान्तवा रहनुभएको छ । साधारणसभा पश्चात नेपाली चलचित्र bobby प्रदर्शन गरिएको कार्यक्रममा नेपालिहरुको उल्लेख्य उपस्थित हुनुका साथै केहि विदेशी नागरिकले समेत चलचित्र हेरेका थिए । चलचित्र मिलिजुली नेपालको सहकार्यमा CAN र gimpo FC द्वारा प्रदर्शन गरिएको थियो ।२०१२ मा स्थापना भएको CAN ले विभिन्न खालका सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

यसले नेपालमा शिक्षा क्षेत्रका साथै बिपन्न तथा असहायहरुलाइ पनि निरन्तर सहयोग गर्दै आएको । अहिलेसम्म देशका विभिन्न क्षेत्रमा रहेका ५ वटा विद्यालयमा नगद तथा शैक्षिक सामग्री प्रदान गर्नुका साथै अनाथालयमा रहेका असहाय बालबालिकाहरुलाइ पनि केहि शैक्षिक सामग्री र नगद सहयोग पनि गरेको छ । त्यसैगरी गरिब तथा विपन्न पचास परिवार लाइ न्यानो सिरक वितरण पनि प्रदान गरेको यस संस्थाले कोरियामा मजदुरिका क्रममा भएका घटनामा परेका साथै अन्य कारणले बेसहारा बनेकाहरुलाइ पनि सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष रोहित गुरुङले नया कार्यसमितिलाइ बधाई दिनुका साथै आउँदा दिनहरुमा अझ सशक्त रुपमा अघि बड्ने विश्वास व्यक्त गर्नुभयो साथै नवनिर्वाचित अध्यक्ष दिपक गौतमले अन्त्य मा बोल्दै आफुलाइ यस स्थानमा योग्य ठान्नुहुने सम्पुर्ण प्रती आभार व्यक्त गर्दै सबैले आफुप्रती देखाएको विश्वास लाइ सार्थक तुल्याउन भरपुर कोसिस गर्ने भन्दै सबैलाइ यसमा हातेमालो गर्न आग्रह गर्नुभयो ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up