#अधुरो_प्रेम

#अधुरो_प्रेम

सानू !
बिहानै सुर्यको किरण सङ्गै झुल्केका
यी मेरा नयन हरु
एकनासले धडकिरहेका धडकनहरु
यि किरण सङ्गै फिजिँयका
यी अनमोल सपनाहरु
तर सन्द्य्यामा
एकमुष्ठले अस्ताइरहेछ्न।

चाहेर पनि हाँस्न नसकेका यी मेरा ओठ
झरी जस्तै झर्दा झर्दै रोकिएका यी
मेरा आँसु
र बोल्दा बोल्दै थर्थराइरहेका यी मेरा शब्द हरु
आज झन झन पिल्सिरहेका छन

सानू!
मैले कल्पना पनि नगरेको यो दिन
जुन तिमी कति सजिलै अर्कैको अङ्गालो मा बाधिँन
पुगेछौ
म सात सुमुन्द्र पारी प्रदेसमा
तिमिले दिएका चोटहरुलाइ
पाइला पाइलामा बोकेर छ्टपटि रहेकी छु।
हिजो हिमाल सरि भएको शिर
आज भुइँको धुलो जस्तै भएको छ।

नागी जाँदा हामिले कोरेको मायाको सिमाना
एकपटक पनि सोँचेनौ है
खै कसो गरि सकुँला र यसरी सहन
सायद विलिदै जान्छ होला मेरो देह छिट्टै माटोमा।

लाखौं याद र तृष्णाले जमेको यो मेरो मन
अनिँदा यी मेरा आँखा
आँखा मै हरपल टासिँएर बसेको
तिम्रो तस्बिर
तरपनी किन घुमिरहेछ्न

कसम सानू
अझै पनि तिमी मेरै जस्तै लाग्छ
त्यो मिठो हाम्रो मायाको बरियो
यति छिट्टै मकाउला भनेर कहिल्यै सोँचिन

म यतै समुन्द्रमा बिलाएर गैहाले भने पनि
तिमि
फेरि अर्को जुनिमा छाल बनेर मलाइ भेटन आउनेछौ
जस्तै लाग्दैछ।

प्रिय सानु …,,,,
रमिला गौतम हाल दक्षिण कोरिया

यी समाचार पनि पढ्नुहोस्
Scroll Up