जनस्वास्थ्यमा खेलवाड गर्नेलाई तत्कालै ‘रेड कार्ड’: कृषिमन्त्री

साउन २२, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले जनस्वास्थ्यमा खेलवाड गर्ने जोसुकैलाई पनि तत्काल कारवाही गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएका छन् । विभागको तेस्रो चौमासिक प्रगति समक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यसैअनुसार कडा कदम चाल्न विभागलाई निर्देशन दिए ।

‘कसैले जनवास्थ्य प्रतिकुल हुने गरी खेलवाड गर्छ भने तत्तकालै रेड कार्ड दिनूस’ उनले विभागका अधिकारीलाई निर्देशन दिँदै भने । मातहतका संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफूसँग भएको सम्पूर्ण संयन्त्र परिचालन गर्न निर्देशन दिए । विभागको ठूलो दायित्व रहेको भन्दै खनालले अहिले त्यो पूरा हुन नसकेकोमा असन्तुष्टी जनाए ।

‘विभागको निकै ठूलो जिम्मेवारी छ, अहिले त्यो पूरा भएको छैन, मन्त्री खनालले भने, अन्तराष्ट्रिय प्रतिस्पर्धामा हामीले गर्ने काम पुग्दो छ कि छैन ? तपाईहरु आ-आˆना छोराछोरी सम्झेर काम गर्नुस्, समिक्षा आफै गर्नुस् ।’

जनस्तरबाट उठेका प्रश्नको जवाफ विभागले दिनु पर्ने उनको भनाइ छ । आफ्नो घेराभित्र रहेर हरेक ठाउँमा अनुगमन र चेकजाँच गर्नुस्, खनालले भने, ‘साथ दिने म छु, हरेक ठाउँमा निर्देशनको मात्र भर पर्न पर्दैन ।’

पटक-पटक अनुगमन र चेकजाँच गर्ने, नमूना फरक फरक ढंगले संकलन गर्न निर्देशन दिँदै मन्त्री खनालले राम्रो गर्ने उद्योगलाई पुरस्कृत र प्रचार तथा नराम्रोलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताए ।

पानी, दूध र मुख्य खाद्य बस्तुमा सकृया भएर लाग्न आग्रह गर्दै खनालले ६ महिनापछि फेरी समिक्षा गर्ने बताए । ‘ल्याव बिग्रेको छ भने बिग्रेको भन्नुस्, बजेट र जनशक्ति छैन भने त्यो जानकारी गराउनुस्, सबै छ गर्न सकिएन भने त्यो पनि भन्नुस्, खनालले भने, ‘अनि के गर्नुपर्छ म गर्छु, कोहीसँग कोही डराउनु पर्दैन ।’ राम्रो शुरुआत नभए केहीको पनि गणना नहुने उनको भनाई थियो ।

कार्यक्रममा विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले मन्त्रीले भनेका कुराहरुलाई आफ्नो दायित्व सम्झेर काम गर्ने प्रतिवद्धता जनाए । पटक-पटक अनुगमन गरेर सुधार गर्न निर्देशन दिँदा पनि सुधार नगर्ने उद्योग बन्द गराउने उनको भनाइ थियो ।

विभागले अनुगमनलाई तीब्र बनाएको तर स्रोत साधान र जनशक्ति प्रयाप्त नरहेको महानिर्देशक कर्णले बताए ।
विभागका अनुसार गत आर्थिक वर्षमा देशभरीबाट २ हजार ८ सय १३ वटा नमूना संकलन गरी परिक्षण गर्द ३ सय ५४ वटा न्यून गुणस्तरका पाइएको छ ।

यसमध्ये खाद्य समूहमा सबैभन्दा बढी १४० वटा न्यून गुणस्तरको पाइएको छ । जसमध्ये दूध तथा दुग्धजन्य पदार्थ ७२, प्रशोधित पिउने पानी २६, गुलियो पदार्थ १७, तेल तथा घ्युजन्य पदार्थ ११ वटा न्यून गुणस्तरको पाइएको विभागका वरीष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए ।

मन्त्री खनाल ‘बलदेव’ले मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको प्रयोगशालाको अनुगमन गरेका छन् । मन्त्री खनालले मंगलबार विभागमा पुगेर प्रयोगशालाको अनुगमन गरे ।

पटक पटक खाद्य पदार्थमा मिसावट आएको गुनासो आइरहँदा पनि अनुगमनले तिब्रता नपाएको तथा मिसावटको काम जारी रहेको गुनासो आएपछि मन्त्री खनाल विभागले गरिरहेको काम र प्रयोगशालाको अनुगमनमा निस्केका हुन् ।

अनुगमनका क्रममा नेपालको प्रविधि उच्च स्तरको रहेपनि त्यो अनुसारको काम हुनन सकेको बताए । ‘ल्याव बिग्रेको छ भने बिग्रेको भन्नुस्, बजेट र जनशक्ति छैन भने त्यो जानकारी गराउनुस्, सबै छ गर्न सकिएन भने त्यो पनि भन्नुस्, खनालले भने, तर जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई छैन । त्ापाईहरु त्यही अनुसार काम गर्नुस् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up