काठमाडौं– सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेर विवादमा तानिएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वाेच्च अदालतले कडा झट्का दिएका छ। अदालतले सोमबार ओली सरकारको एउटा ठूलो निर्णय उल्ट्याइदिएको छ। त्रिभुवन विश्वविद्याल सेवा आयोगका सदस्य चिन्तामणी पोख्रेललाई बर्खास्त गर्ने ओली सरकारको निर्णय उल्ट्याउँदै सर्वाेच्चले उनको पुनर्बहाली गरेको छ।

न्यायाधीश दिपककुमार कार्कीको एकल इजलासले सोमवार अन्तरिम आदेश जारी गर्दै पोख्रेलललाई पुनर्बहाली गरेको हो।

अघिल्लो सरकारले गरेका नियुक्तिहरुलाई ओली सरकारले खारेज गरेपछि पोखरेल समेत पदमुक्त भएका थिए । आफु नियम सम्मत रुपमा नियुक्त भएको दावी गर्दै पोख्रेलले सरकारको निर्णय बदरगरी आफ्नो पुनर्वाहालीको माग सहित सर्वोच्चमा रिट दर्ता गराएका थिए। पोख्रेलको सोमवारै ४ बजे सेवा आयोगको कार्यालयमा पुनर्वाहली गराइने भएको छ।