अन्तराष्ट्रिय झापालि समाजको दोस्रो क्षेत्रीय भेला दक्षिण कोरियाको सिओलमा हुदै

हेम सुवेदी
११ अगष्ट २०१८, सिओल
सन्सार भरि छरिएर रहेका झापलिहरुको साझा संगठन अन्तरास्ट्रीय झापालि समाजको दोस्रो भेला क्षेत्रीय दक्षिण कोरियको सिओलमा हुने हुने भएको छ ।
२०१७ अक्टोबरमा अन्तराष्ट्रीय झापालि समाजको झापा बिर्तामोडमा सम्पन्न प्रथम अधिवेसनबाट बनेको समितिको कार्यसमितिले बिश्वभर झापालि संगठन रहेको ५ क्षेत्रहरुमा क्षेत्रीय भेलाहरु गर्दै लैजाने निर्णय गरेको थियो । सोहि अनुरुप प्रथम क्षेत्रीय भेला गत अप्रीलको २६,२७,२८तारिक कतारमा सम्पन्न भएको थियो ।त्यसैलाइ निरन्तरता दिदै दोस्रो क्षेत्रीय भेला सिओलमा हुन लागेको हो। यसरी नै अरु अरु देशहरुमा पनि हुदै जाने जानकारी अन्तराष्ट्रीय झापालि समाजका अध्यक्ष दिनेश पोख्रेलले गराउनुभयो ।
“समृध्द झापा निर्माणको लागि अन्तराष्ट्रिय झापालि समाज” भन्ने मुल नाराका साथ अगाडी बढेको समाज २ दर्जन भन्दा बढीदेशहरुमा शाखा बिस्तार भैइसकेको छ । आगामि २ वर्षभित्रमा ४० भन्दा बढी देशहरुमा शाखा बिस्तार गरिने लक्ष्यकासाथ समाज अगाडि बढीरहेको छ ।
दक्षिण कोरियाको सिओल स्थित भर्खरै मात्र खोलिएको सबै भन्दा ठुलो नोभोटेल होटल(Seoul Dragon City )मा आउंदो सेप्टेम्बर २४,२५र २६ता रिकमा भेला सम्पन्न हुन लागेको हो । पहिलो दिन कोरियामा झापालिहरुको पाहुनाहरुलाई स्वागत र बन्द सत्र गरिने कार्यक्रम छ भने दोस्रो दिन २५ सेप्टेम्बरमा प्रमुख कार्यक्रम तथा बिभिन्न रचनात्मक कार्यक्रम सहित तेस्रो दिन विभिन्न देशबाट पाल्नु भएका पाहुनाहरुलाई सिओलको पर्यटकिय स्थलहरुको अवलोकन गराइने जानकारी प्राप्त भएको छ ।
कोरियास्थित झापालिहरु लगायत बिभिन्न देशबाट पाल्नुहुने अथितिहरु र स्थानीय संघ सस्थाका प्रतिनिधिहरु कुटनैतिक नियोग लगायत अन्य व्यापारी बुधिजिबिहरु सबै समेटेर झण्डै ५०० जनाको सहभागिता रहने गरि कार्यक्रमको तयारी हुँदै गरेको र कोरियामा नेपालिहरुको इतिहास मै पहिलो चोटि हुनलागेको यो अन्तर्राष्ट्रिय समारोहमा सबैको साथ र आपसी सहयोगको लागि अन्तराष्ट्रिय झापाली समाजका सल्लाहकार एवं झापा मिलन समाज दक्षिण कोरियाका संरक्षक केपी सिटौला आव्हान गर्नु भएको छ।
अन्तराष्ट्रीय झापालि समाजको दोस्रो क्षेत्रीय भेला अत्यन्तै सफल सब्य र भब्य रहने र भेलाबाट महत्वपुर्ण निर्णय हुने जानकारी दिदै उक्त कार्यक्रममा कोरियामा विभिन्न पेशामा आबद्ध सम्पूर्ण संघ संस्थाका प्रतिनिधि,व्यावसायि, पत्रकार,विधार्थी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको साथ, सहयोग र उपस्थितिको लागि आयोजक झापा मिलन समाज दक्षिण कोरियाका अध्यक्ष एवं अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष( एसिया प्यासिफिक) राजु सन्तोषी थापा बताउनु हुन्छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up