५२ खेलमा १७१ पहेँलो कार्ड, तीन खेलाडीले पाए रातो कार्ड

एजेन्सी । विश्वकप फुटबलको ५२ खेलमा सम्पन्न हुँदा १७१ वटा पहेँलो कार्डको प्रयोग भएको छ । ३ जना खेलाडीले रातो कार्ड पाएका छन् । विश्वकप फुटबलमा यो पटक पहिलेको विश्वकपभन्दा बढि फल भएको पाइएको छ ।

यि हुन् रातो कार्ड पाउने खेलाडी:

कोर्लोस साञ्चेज (कोलम्बिया)
विश्वकप फुटबलमा रातो कार्ड पहिलो पटक कोलम्बिया र जापानबीचको खेलमा प्रयोग भएको थियो । कोलम्बियाका मिडफिल्डर कार्लोस साञ्चेजले डि बक्सभित्र हातले बल रोकेपछि रातो कार्ड पाएका थिए ।  खेल सुरु भएको ३ मिनेटमै उनले रातो कार्ड खाएपछि कोलम्बिया दश खेलाडीमा सीमित भएको थियो । यो खेलमा जापानले कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

जेरोमे बोटेङ(जर्मनी)

विश्वकपको दोस्रो रातो कार्ड पाउने खेलाडी हुन् जेरोमे बोटेङ । उनले जर्मनी र स्वीडेनबीचको खेलमा दुई पहेलो कार्ड खादै रेड कार्ड पाएका थिए । खेलको ८२ औं मिनेटमा दोस्रो पटक एउटै खेलमा पहेलो कार्ड पाएसँगै रातो कार्ड पाएका बोटेङले मैदान छाडेपछि १० जना खेलाडीमा जर्मनी सीमित भएको थियो ।

यद्यपी जर्मनीले स्वीडेनलाई २—१ गोलले पराजित गरेको थियो ।

इगोर स्मोलनिकोभ (रसिया)

समूह ए का रसिया र उरुग्वेबीचको खेलमा इगोर स्मोलनिकोभले रातो कार्ड पाएका थिए । स्मोलनिकोभले २ पहेलों कार्ड पाएका खाएसँगै रातो कार्ड पाएका थए । खेलको २७ औं मिनेटमा पहिलो र ३६ औं मिनेटमा दोस्रो कार्ड उनलाई रेफ्रिले रेड कार्ड दिएका थिए ।
यो खेलमा रसिया उरुग्वेसँग ३—० गोल अन्तरले पराजित भएको थियो ।

यि हुन् सबै भन्दा बढी पहेँलो कार्ड खाने देश

विश्वकप फुटबलको समूह चरणमा सबै भन्दा बढि पहेलो कार्ड पानामाले पाएको छ । पानामाले समूह चरणको खेलमा ११ पहेलो कार्ड पाएको हो । पानामाले समूह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमविरुद्ध ५ वटा पहेँलो कार्ड खाएका थिए ।
त्यस्तै, दोस्रो खेलमा इंग्ल्यान्डविरुद्ध ३ र तेस्रो खेलमा ट्युनिसियाविरुद्ध ३ पहेँलो कार्ड पाएका थिए ।

त्यस्तै, अर्जेन्टिनाले पनि विश्वकपमा ४ खेल खेल्दै ११ वटा पहेँलो कार्ड पाएको छ । दक्षिण कोरियाले ३ खेलमा १० पहेलो कार्ड खान पुगेको थियो । त्यस्तै, सर्बियाले ९, मोरक्को र क्रोएसियाले समान ८–८ पहेलो कार्ड पाउँदा इरान, स्वीट्जरल्यान्ड र अष्ट्रेलियाले समान ७–७ पहेलो कार्ड पाएका छन् ।

सबैभन्दा कम पहेँलो कार्ड खाने देशमा उरुग्वे र साउदी अरब छन् । यी दुई टिमले समान १–१ वटा मात्रै पहेँलो कार्ड पाएको छ । त्यसो त, उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको टिम हो ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up