स्वरा भास्करको खुलासाः निर्माताले झण्डै किस गरे

बलिउड अभिनेत्री स्वरा भास्कर आफूलाई लागेको कुरा खुलेर बोल्छिन् । यसो गर्दा उनले बेलाबखत विवादको सामना पनि गर्नुपर्छ ।
स्वराले हालै एक अन्तरवार्तामा आफूले करिअरका प्रारम्भिक दिनहरुमा भोगेको यौन उत्पिडनको अनुभव सुनाएकी छन् । उनका अनुसार फिल्मको विषयमा कुरा गर्ने क्रममा एक निर्देशकले उनलाई किस गर्न खोजेका थिए ।

‘तर, मैले प्रतिकार गरेँ,’ स्वराले भनिन्, ‘त्यसपति ती निर्देशक रिसाएर मलाई फिल्मबाट निकाले ।’ उनले अर्को घटना सुनाइन्, ‘एउटा फिल्मको सुटिङका लागि हामी ५६ दिनसम्म टाढाको एउटा होटलमा बसेका थियांै । त्यो फिल्मका निर्माताले जतिबेला पनि मलाई घुरिरहेका हुन्थेँ । एक दिन राति रक्सीले मातेर म सुत्ने कोठामा आए र मलाई अंकमाल गर्न खोजे । त्यसपछि मैले त्यो फिल्म नै छाडिदिएँ ।’

यौन उत्पिडन र कास्टिङ काउचका कारण आफूले थुप्रै फिल्म छोडेको स्वराले दावी गरेकी छन् । तर, आफ्नो स्वभाव थाहा भएपछि निर्माता-निर्देशकहरुले यस्तो गर्न छोडेको उनको भनाई छ । ‘अहिले त कसैले मलाई गलत नजरले हेर्न पनि सक्दैन,’ उनले भनिन्, ‘तर संघर्षरत नायिकाहरुको लागि अहिले पनि परिस्थिति फेरिएको छैन ।’

यी समाचार पनि पढ्नुहोस्
Scroll Up