सप्तरीको महुली पुल भासियो, खाँडो नदी बढेपछि स्थानीय त्रसित

२० असार, सप्तरी । सप्तरीको माहुली पुल भासिएको छ । लगातारकाे वर्षापछि महुली खोलामा आएको बाढीले पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासिएको हो । सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको महुली पुल ५० मिटर जति भासिएको जानकारी दिए

पुल भासिए पनि सवारी अावागमन भने यथावत भइरहेका छन् । एसपी सिंहले भाँसिएकाे पुलकाे दक्षिणतिरबाट सवारी पास गराइएको बताए ।

सप्तरीमा मंगलबारदेखि वर्षा भएको छैन् । तर पहाडी क्षेत्रमा भएको वर्षाले खाँडो, महुलीलगायत नदीमा पानीको सतह बढेको छ । नदीको सतह लगातार बढ्दै गएपछि खाँडो नदी आसपासका बासिन्दा त्रसित बनेका छन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up