विश्वकप फुटबलमा बाजी खेलाउने ३ जना पक्राउ

१९ असार, काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका साढे ६ बजे काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका  २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाही रहेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा  राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up