विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?

मस्को : रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् ।   विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।

अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् ।  आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् । अब क्टाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् ।

यस्तो हुँदैछ सेमिफाइलन प्रवेशका लागि भिडन्त 

.उरुग्वे–फ्रान्स, जुलाई, ६

.ब्राजिल–बेल्जियम, जुलाई, ६

.स्वीडेन–इङ्ल्याण्ड, जुलाई, ७

४.रुस–क्रोएसिया  जुलाई, ७

फाइलन खेल  जुलाई १५(असार ३१ ) मा हुँदैछ

यी समाचार पनि पढ्नुहोस्
Scroll Up