रुकुममा बस दुर्घटना : १५ जना घाइते

रुकुम : प्रदेश ६ अन्तर्गत मुसीकोट नगरपालिका १२ पिथिवाङमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दुर्इ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसमा सवार अन्य घाइते सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

दाङ तुलसीपुर नगरपालिका ३ का १७ वर्षीय सृष्टि पुन र सल्यान त्रिवेणी गाउँपालिका ७ को बिष्णु परियार गम्भीर घाइते भएका छन् ।

दाङबाट रुकुमतर्फ जादैँ गरेको बस ना चार ख ६२२६ नम्बरको बस गएराति साढे दुर्इ बजे दुर्घटना भएको हो । चालकसहित १४ जना सामान्य घाइतेको रुकुम अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका दुर्इ जनालार्इ नेपालगञ्ज रेफर गरिएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up