“म्याग्दी रनिङ कप २०१८” मा उपाधि सुरक्षित पार्दै स्याङ्जा परिवार शानदार विजयी ।

“म्याग्दी रनिङ कप २०१८” मा उपाधि सुरक्षित पार्दै स्याङ्जा परिवार शानदार विजयी ।

बोम्जन गुरुङ, सउल

नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर कोरियामै सर्वप्रथम भलिवल खेलको शुरुवात गरेको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाद्वारा आयोजित यस २०१८ सिजनको तेश्रो भलिवल प्रतियोगिता “म्याग्दी रनिङ कप २०१८” को उपाधि स्याङ्जा परिवारले आफ्नो पोल्टामा पारेको छ । स्याङ्जा परिवारको खेल प्रदर्शनबाट प्रभावित हुँदै गल्याङ-५, स्याङ्जा (साविक निवुवाखर्क-५,) घर भई काम विशेषले कोरिया आउनुभएका संस्थाका शुभचिन्तक श्री कपिल न्यौपाने ज्युबाट संस्थालाई १ लाख वोन उपलब्ध गराउनुभएको थियो । उहाँ मिल्टिखोला सानो हाइड्रोपावर लि. का प्रबन्ध संचालक समेत हुनुहुन्छ ।

यही १५ जूलाई २०१८ मा सउलस्थित गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान युथ सेन्टरमा उक्त प्रतियोगिता भएको हो । कालीगण्डकी ब्वाईज क्लबलाई हराउँदै फाईनल सम्मको यात्रा तय गरेको स्याङ्जा परिवारले बाग्लुङ सम्पर्क समितिलाई सेमीफाईनलमा पराजित गरेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) “A” टिमसँग उपाधिका लागि प्रतिष्पर्धा गरेको थियो । सो प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो जसमा उपाधि विजेता स्याङ्जा परिवार, उप-विजेता म्याग्दी प्रवासी नेपाली संघ (मोना) “A” साथै सान्तवना विजेता दुई फाईनलिष्ट टिमहरु क्रमशः कालीगण्डकी ब्वाईज क्लब र बाग्लुङ सम्पर्क समिति रहेका छन् ।

प्रथम उपाधि : स्याङ्जा परिवार दक्षिण कोरिया
पुरस्कार : (कप, प्रमाणपत्र सहित नगद १३ लाख वन)

दोश्रो उपाधि : म्याग्दी प्रवासी नेपाली संघ (मोना) “A”
पुरस्कार : (कप, प्रमाणपत्र सहित नगद १० लाख वन)

सान्तवना उपाधि (१) : कालीगण्डकी ब्वाईज क्लब
पुरस्कार : (नगद ३ लाख ५० हजार वन)
सान्तवना उपाधि (२) : बाग्लुङ सम्पर्क समिति
पुरस्कार : (नगद ३ लाख ५० हजार वन)

उत्कृष्ट खेलाडी : मनोज कार्की (पर्वत निवासी) “स्पाइकर” (म्याग्दी प्रवासी नेपाली संघ (मोना) “A”)(कप र प्रमाणपत्र)

स्मरण रहोस्, यस अघि स्याङ्जा परिवार यो सिजनको शुरुवाती प्रतियोगिता “प्रथम पुन समाज २०१८” को उपाधि विजेता (प्रथम), दोश्रो प्रतियोगिता बाग्लुङ सम्पर्क समितिद्वारा आयोजित “छैटौं ढोरपाटन कप-२०१८”को उप-विजेता (द्वितीय), ०८ जुलाई २०१८ मा ख्वाङ्जु नेपाली सामुदायिक समिति र ख्वाङ्जु नेपाली भलिवल टिम दक्षिण कोरियाद्वारा संयुक्त रुपमा आयोजित “ख्वाङ्जु नेपाली नकआउट भलिवल प्रतियोगिता २०१८” को उपाधि (प्रथम) हुँदै शृंखलाबद्व रुपमा उपाधि सुरक्षित पारिसकेको छ ।

“स्याङ्जा परिवार भलिवल टिम-२०१८”

खेल संयोजक – लेसन गुरुङ

स्याङ्जाली रेफ्री/एम्पायर – डिल्लु बिरकट्टा मगर

टिम क्याप्टेन – अमित राना

स्पाईकर – कुमार गुरुङ
स्पाईकर – सुजन गुरुङ
स्पाईकर – विक्रम कुँवर
स्पाईकर – सुमन नेपाली
स्पाईकर – उत्तम थापा
स्पाईकर – देवेन्द्र न्यौपाने
स्पाईकर – संगम अधिकारी
लिबेरो – विशाल थापा
लिफ्टर – राम गुरुङ

यस २०१८ सिजनकै तेश्रो प्रतियोगिता “म्याग्दी रनिङ कप २०१८”को अवसरमा मनोरञ्जनात्मक प्रस्तुतिहरु, मनग्य नेपाली स्वादिष्ट परिकारहरुको साथै उत्कृष्ट विविध व्यवस्थापन सहित आयोजक म्याग्दी प्रवासी संघ (मोना) कोरियालाई विशेष आभार सहित मैत्रीपूर्ण र सौहार्दपुर्ण वातावरणमा सफलता पुर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सहभागी टिम/खेलाडीहरु, निर्णायकहरु, हरेक क्षेत्रबाट विभिन्न तरिकाले माया, हौसला र सहयोग गर्नुहुने तमाम स्याङ्जाली, गैर-स्याङ्जाली/खेलप्रेमी नेपालीहरु तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्णमा स्याङ्जा परिवार कोरिया हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up