“मेलिनाले पहिलो प्रेम मै ढोका पाए” पिउदिन भन्छु यो नशा सार्बजनिक

सुमित्रा अश्रुधारा

 

“मेलिनाले पहिलो प्रेम मै ढोका पाए” पिउदिन भन्छु यो नशा सार्बजनिक

गितकार कमल कुलुङ्को पिउदिन भन्छु यो नशा चर्चित गायीका मेलिना राईको आवाजमा सार्बजनिक भएको।
मेल भोकल मा पहिला नै प्रमोद खरेलको आवाज मा सार्बजनिक भैसकेको थियो भने फिमेल भोकल लिएर कमल कुलुङ फेरि आएका हुन ।

संखुवा सभा याफु-८ बास्थलाको नवद्दित कलाकार कमल कुलुङ सानै उमेरबाट सामाजिक सेवा, कला, साहित्यमा रूची भएका एक व्यक्ति हुन् । कुलुङको साच्चिकै वाल्यवस्थालाई फर्केर हेर्दा निकै मेहनती, निडर, सहनशिलता, लगनशिलता भएको एक इमान्दारी व्यक्ति हुन्।
कमल कुलुङ ले २०६५ सालवाट साहित्यमा आफ्नो कलमी हातहरू चलाएका कुलुङ का उपन्यास कृतिहरू २०६७ सालमा प्रकाशन गरेर तपाई हाम्रो हातमा ल्याउन सफल हुनुभएको थियो। कुलुङ को पहिलो कृति उपन्यास सौतेनी आमाको चमत्कार (२०६८) दोस्रो कृति अन्धो प्रेमको यात्रा (२०६८) तेस्रो कृति अधुरो प्रेम (२०७२) यस्तै कृतिहरूमा कलम चलाएर तपाई हामी स्रोताहरूको धेरै मन जित्न सफल वन्न पुगेका कुलुङ गित संगितमा पनि उत्तिकै कलम चलाएर स्रोतामाझ चम्किरहेका छन् । कुलुङका आधुनिक संग्रहका गितहरूमा प्रमोद खरेल, मेलिना राई, पुर्णिमा लामा जस्ता राष्ट्रिय कलाकारहरूले समेत स्वार दिएर सफलता प्राप्त गरेका कुलुङ फेरि पनि तपाई हामी स्रोताहरू माझ आफ्नै शव्द मेलिना राईको स्वारमा सजिएको “पिउदिन भन्छु यो नशा “ भन्ने बोलको गितमा समेत कुलुङ मोडलका रुपमा समेत उभिएका छन ।

म्युजिक एरेन्ज पावाल चाम्लिङ कलाकारहरु कमल कुलुङ केट्रीन कुलुङ आशा कुलुङ क्यामेरा एडिट बिश्वास भण्डारी डाइरेक्टर दिपक लामा रहेका छन । केट्रीङ कुलुङ मिस मंगोल पप्लिक चोइज विइनर 2017 हुन साथै दुईवटा म्युजिक भिडियो समेत अभिनय गरिसकेकि र आशा कुलुङ र कमल कुलुङ पहिलो पटक अबिनयमा उभिएका छन।
भिडियो हेर्न लिन्क खोल्नु होला।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up