भ्रष्टाचार मुद्दामा मलेसियका पूर्वप्रधानमन्त्री रज्जाक पक्राउ

काठमाडौँः भ्रष्टाचार गरेको अभियोगमा मेलिसयाका पूर्वप्रधानमन्त्री नजीव रज्जाकलाई त्यहाँको भ्रष्टाचारविरोधी आयोगले मंगलबार पक्राउ गरेको छ । उनलाई भ्रष्टाचार विरोधी आयोगले स्थानीय समयानुसार मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा घरैबाट पक्राउ गरी हिरासतमा लिएको हो ।

रज्जाकका परिवारका अनुसार उनलाई पक्राउ पुर्जी दिएपछि घरैबाट उठाएर हिरासतमा राखिएको हो । रज्जाकविरुद्ध आयोगले सरकारी निकाय  एसआरसी इन्टरनेशनलबाट आफ्नो खातामा रकम सारेको अभियोगमा बुधबार बिहान उच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

एसआरसी सन् २०११ मा  रज्जाक नेतृत्वको सरकारले ऊर्जामा विदेशी लगानी भित्र्याउनका लागि गठन गरेको थियो । सन् २०१२ मा अर्थ मन्त्रालयमा स्थानान्तरण हुनुअघिसम्म यो निकाय मलेसिया विकास विभागको एउटा युनिटका रुपमा थियो ।
यसभन्दा अघि मलेसियाका पुलिस प्रमुख फुजी हारुनले रकम स्थानान्तरणकाण्डमा कारबाही अघि बढाउनुअघि उनीसँग सोधपुछ गरिने बताएका थिए ।

९२ वर्षीय महाथिर मोहम्मद गत मे पहिलो सातमा मलेसियाको प्रधानमन्त्रीमा नियुक्त भएपछि भ्रष्टाचारविरद्ध कडाइका साथ प्रस्तुत हुँदै आएका छन् । उनले भ्रष्टाचारबाट देश डुबेको बताउँदै कसैलाई बाँकी नछाड्ने चेतावनी दिँदै आएका थिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up