धरान उप-महानगरपालिकाका मेयर तारा सुब्बाको निधन

धरान  / धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुईसाता अगाडि छातीमा इन्फेक्सन भएपछि उहाँलाई काठमाण्डौको ग्राण्डी अस्पताल लगिएको थियो ।

छातामा निमोनियाको इन्फेक्सनसँगै मृगौलाको समस्या समेत भएका सुब्बालाई ग्राण्डी अस्पतालको आइसियुमा राखेर उपचार गरिएको र आइतबार नर्मल वेडमा सारिएको थियो । एमाले नगर कमिटीका अध्यक्ष नारायण सुवेदीले दिनुभएको जानकराी अनुसार मेयर सुब्बा विद्यार्थी आन्दोलन २०३७ सादेखि नै एमालेमा सक्रिय रहनु भएको थियो । पार्टीको अत्यन्तै इमान्दर कार्यकर्ताको रुपमा रहनु भएका एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य, निर्वाचित जिल्ला समन्वय समितिको सदस्य, एमाले धरान उपमहानगर समितिको तीन कार्यकाल अध्यक्ष र हाल उहाँ एमाले जिल्ला कमिटीको सदस्य समेत रहनु भएको थियो ।

गत बष भएका स्थानीय निर्वाचनमा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा अत्याधिक वहुमतले विजयी हुनु भएको थियो । सवै राजनैतिक दलहरुसाग सद्भाव राख्ने सुब्बानका एक श्रीमति र एक छोरा रहनु भएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up