चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा जन्मियो

१९ असार, कैलाली । कैलालीको टीकापुर अस्पतालमा मंगलबार बिहान अनौठो शिशुको जन्म भएको छ ।  टीकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी २२ वर्षीया शान्ति चौधरीले आफ्नो पहिलो सन्तानको रुपमा अनौठो शिशुको जन्म दिएकी हुन् ।

चार हात, चार खुट्टा रहेको र मेरुदण्ड समेत दुई वटा रहेको अवस्थामा शिवुको जन्म भएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनालले बताए । डा. खनालले करिब १ महिना अगाडि चेकजाँचका लागि आएको बेला आफूले भिडियो एक्सरे गर्दा नै बच्चा यो अवस्थामा रहेको जानकारी दिएको बताए ।

तर, परिवारले विश्वास नगरेर अन्यत्र चेकजाँच गराएको उनले बताए । उनले सोमबार राति ११ बजेतिर चौधरीलाई व्यथा लागेर अस्पताल ल्याएको भएपनि मंगलबार बिहान ६ बजे मात्रै ६ महिनाको गर्भमा रहेको शिशुको जन्म भएको बताए । शिशुको अवस्था नाजुक रहेको बताउँदै डा. खनालले आमाको अवस्था भने सामान्य रहेको बताए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up