गायिका बबिना किरातीको नयाँ गीत “घिन घिन मादल..

गायिका बबिना किरातीको नयाँ गीत “घिन घिन मादल…” को म्युजिक भिडियो रिलिज भएको छ। यस गीतलाई उत्तम खजुमले लेखेका छन् भने संगीतकार डि आर अटुको संगीत र राजु कार्कीको एरेञ्ज रहेको छ साथै किसोर थापाले मिक्सिङ र मास्टरिङ गरेका छन्।

डान्सिङ नम्बरमा रहेको गीतको भिडियोमा मोडल रिमा विश्वकर्मा र गान्धिव सुवेदिले फिचरिङ गरेका छन्। उक्त भिडियोलाई उत्सव दहालले शुन्दर छायांकन गरेका छन् भने मनिता गतराजको कोरियोग्राफ रहेको छ। त्यस्तै स्मृति श्रेष्ठको मेक अप रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका हुन्। उत्कृष्ट म्युजिक भिडियोलाई चर्चित निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन्।

उत्तम खजुमको अदम्य एल्बममा समावेश गरिएको यो गीतलाई मेरो अनलाइन टिभिको युट्युब च्यानलबाट रिलिज गरिएको छ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up