काठमाडौं महानगरमा स्मार्ट चिन्ह प्रयोग गरिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा महानगरका सडकहरूमा स्मार्ट सिटी चिन्हको प्रयोग गर्ने भएको छ। महानगरपालिकासँगको सहकार्यमा एडगुरुले चिन्हको जडान गरिरहेको छ। सोमबार रत्नपार्क, सुन्धारा र न्युरोडमा चिन्हहरु जडान गरिएको एडगुरुका सह संस्थापक सौरभ रिमालले बताए । उनले आगामी दिनमा महानगरपालिकाका अन्य ठाउँमा पनि चिन्ह जडान गरिने बताए।

एडगुरुको परियोजनाबाट आफुहरु खुशी रहेको बताउँदै काठमाडौं महानगरपालिकाका मेयरले विद्यासुन्दर शाक्यले यसले सुन्दर सहर निर्माणमा टेवा पुर्याउने छ। ‘काठमाडौंको ट्राफिक व्यवस्थापनमा पनि यसले सहयोग पुग्ने छ’, मेयर शाक्यले भने, ‘साइनसँगै रहेका विज्ञापन बोर्डबाट महानगरपालिकाले राजश्व संकलन गरि त्यो रकम महानगरको विकासमा खर्चिने छ।’

स्मार्ट सिटी चिन्हहरूले सवारी चालकहरूलाई सजिलो हुने तथा दुर्घटनामा कमी आउने काठमाडौं महानगरपालिकाले बताएको छ।स्मार्ट सिटी चिन्हहरूको प्रयोगले काठमाडौं जस्ता अति व्यस्त शहरहरूमा दैनिक जसो हुने सवारी दुर्घटनामा कमी आउने नेपाल प्रहरीका प्रमुख तथा आइजीपी सर्वेन्द्र खनालले बताए। काठमाडौं महानगरभित्र ट्राफिक व्यवस्थापन एक गम्भीर चुनौती देखिएको वर्तमान समयमा उक्त स्मार्ट सिटी चिन्हको प्रयोगले प्रभावकारी व्यवस्थानमा सहयोग पुग्ने उनको भनाई छ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up