उत्तरी थाइल्याण्डमा गुफामा फसेका १३ मध्ये चार बालकको उद्धार

२४ असार, काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जनालाई सुरक्षित बाहिर निकालिएको छ । बाँकीको उद्दार भोलि गर्ने तयारी छ । गुफामा पानी बढ्न सक्ने आशंकामा जोखिम मोलेर आइतबार विहान स्थानीय समयअनुसार विहान १० बजे उद्दार थालिएको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार बालकलाई सकुशल बाहिर ल्याइएको छ । उनीहरुलाई अस्पताल लगिएको छ ।

दिनभर केके भयो ?

  • स्थानीय समयअनुसार विहान १० बजेबाट उद्दार अभियान सुरु गरिएको थियो ।
  • साँझ ५ः ४० बजे पहिलो बालकलाई गुफाबाट बाहिर ल्याइयो ।
  • अहिलेसम्म चार बालकको उद्दार भएको छ । सबैलाई नजिकैको अस्पताल भर्ना गरिएको छ ।
  • १२ विदेशी र पाँच थाइल्याण्डका गोताखारहरुले चार बालकलाई गुफाबाट निकालेका हुन् ।
  • स्थानीय समयअनुसार राति ९ बजे उद्दार कार्य स्थगित गरिएको छ । सोमबार बाँकी ९ जनालाई उद्दार गर्न सुरु गरिनेछ ।
  • गुफामा ८ बालक र उनीहरुका एक प्रशिक्षक छन् ।

गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि कुल ९० गोताखोर परिचालन गरिएको छ, जसमा ४० थाइ र ५० अन्य देशका छन् । फुटबल खेलेर फर्किने क्रममा गुफामा गएका उनीहरु १५ दिनदेखि त्यहाँ फसेका थिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up