५० मिनेट चल्याे एेतिहासिक एकान्त वार्ता, दुवैले भने- मतभेद ताेडेर नयाँ सम्बन्ध सुरू भयाे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित पहिलाे शिखर वार्ता सकिएकाे छ ।सिंगापुरमा केहीबेरअघि सकिएकाे वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प पहिले बाहिर निस्किएका थिए । लगत्तै किम पनि बाहिरिए ।

एेतिहासिक वार्तापछि दुवै नेताले पहिलाे वार्ता फलदायी भएकाे  प्रतिकृया दिए । राष्ट्रपति ट्रम्पले किमसँगकाे सम्बन्ध अागामी दिनमा पनि साैहार्दपूर्ण रहने विश्वास व्यक्त गरे ।

पुराना मतभेदलार्इ भुलेर अाफूहरू अगाडि बढिसकेकाे भन्दै उनले भने, ‘दुर्इ देशबीच नयाँ शिराबाट सम्बन्ध स्थापति भएकाे छ । मलार्इ विश्वास छ, याे सम्बन्ध साैहार्दपूर्ण र दुर्इ देशकाे हितमा अघि बढ्नेछ । ‘ यस्तै, किमले कयाैँ बाधालार्इ चिर्दै याे शिखर वार्ता सम्भव भएकाे प्रतिकृया दिए ।

‘हाम्राबीचमा थुप्रै असमझदारीहरू थिए । कयाैँ बाधा थिए । ती सबैलार्इ चिर्दै हामी वार्तामा बस्न सफल भएका छाैँ,’ उनले भने, ‘यसलार्इ मैले एेतिहासिक मानेकाे छु । धेरै नै राम्राे काम भएकाे छ ।’

दुर्इ नेताबीचकाे एकान्त ‘वन टु वन’ वार्तामा दोभासेलार्इ मात्र प्रवेशकाे अनुमति थियाे । विश्लेषकहरूले याे वार्तालार्इ थुप्रै कारणले एेतिहासिक भनेका छन् । वार्तापछि उत्तर कोरियाली प्रतिनिधिमण्डल अाजै प्योङयाङ फर्कने कार्यक्रम छ । ट्रम्प पनि आजै अपराह्न अमेरिका फर्कने कार्यक्रम छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up