सिरियामा युद्धविराम गर्न अमेरिकी आह्वान

न्युयोर्क : अमेरिकाले सिरियामा युद्धविराम कायम गर्न रूसलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलीले सिरियाको दक्षिण पश्चिम भागमा युद्धविराम कायम गर्न रूसले दबाब दिनुपर्ने माग गरेकी छन् ।

गतवर्ष जोर्डन, रूस र राष्ट्रसंघ यस विषयमा सहमत भएका थिए । डेरा, क्युनेत्रा र स्विडा जस्ता भूभाग मिलाएर विशेष क्षेत्र बनाउने र त्यहाँ सधैं युद्धविराम गर्न उनीहरू सहमत भएका थिए । यो क्षेत्र जोर्डन र इजरायलको गोलन हाइट क्षेत्रको सीमा नजिकै पर्छ । सिरियाको दक्षिण पश्चिम भूभागमा सिरिया सरकारले शनिबारदेखि युद्धविराम भंग गरेको थियो । हेलीले त्यस क्षेत्रमा युद्धविराम गर्नेपर्ने भनेर दबाब दिएकी हुन् ।

यसअघि त्यस क्षेत्रमा युद्धविराम गर्न रूसले सहयोग गरेको उनले स्मरण गर्दै पुन: यस्तो सहयोग अपेक्षा गरेको उनले बताइन् । रूसले सिरियामा आफ्नो प्रभाव प्रयोग गरेर भए पनि इजरायलसँगको सीमाक्षेत्रमा युद्धविराम रोक्नुपर्नेमा जोड दिइन् । यदि युद्धविराम कायम हुन नसके त्यसमा रूस दोषी हुने पनि उनको दाबी छ । राष्ट्रसंघीय सुरक्षापरिषद्मा बुधवार सिरियाली समस्याबारे छलफल हुँदै छ ।

१५ लडाकु मारिए

इराक र सिरियाको पूर्वी सीमा क्षेत्रमा शनिबार राति भएको बमबारीमा १५ जना लडाकु मारिएको सरकारी स्रोतले आइतबार जानकारी दिएको छ । यी लडाकु सरकार समर्थित समूहका रहेको बताइएको छ । सिरियाली सरकारआबद्ध सुरक्षामाथि भएको यो एक भयानक आक्रमण भएको बेलायतआबद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । सिरियाको उक्त क्षेत्र दैर इजोर प्रान्तको अल हारी भन्ने स्थानमा रहेको छ ।

त्यो क्षेत्रमा गत सातामात्र पनि सिरियाको सरकारलाई समर्थन गर्ने समूहका ३८ विदेशी लडाकु मारिएको सिरियाली सरकारले जानकारी दिएको थियो । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार यस आक्रमण इस्लामिक स्टेट (आइएस) आतंककारी समूहले अमेरिका र रूसका सेनाविरुद्ध भन्दै गरेको अनुमान गरिएको छ

यी समाचार पनि पढ्नुहोस्
Scroll Up